‘स्मार्ट हैन अब हाइटेक सहर बनाउनुपर्छ’

Subash

काठमाडौँ । जन समाजवादी दलका अध्यक्ष एवम् समानुपातिक तर्फका उम्मेदवार सुवास राज काफ्ले नेपालमा स्मार्ट सीटिको अवधारणाले मात्र पर्यटन विकास नहुने ठान्छन् ।

उनी स्मार्टको ठाउँमा हाइटेक सहरको निर्माण गरी भारत र चीनका पर्यटक तान्नसक्ने तयारी नेपालले गर्नुपर्ने अवधारणा अघि सार्छन् । यसैअनुसार उनको चुनावी घोषणापत्र पनि आएको थियो ।

मालेको चुनाव चिन्ह हसिँया तारासँग गठबन्धनमा उभिएका काफ्नले अर्थनीतिमा बढि रूची राख्छन् । संसारमा घाम ताप्ने, चिसो खाने देशमा त पर्यटन व्यापक छ भने नेपालका हरेक ठाउँमा पर्यटन भित्राउनसकिने बताउँछन्, उनी ।

नेपालका हरेक सम्पत्ति मध्ये महत्वपूर्ण सम्पत्ती भनेको विद्युत रहेकाले विद्युतको विकास र निर्यातका लागि राज्यले देखाएको मौनताले कहिले पनि सम्पन्न राष्ट्र बन्न नसकिने उनी बताउँछन् ।

उनले देश विकासको नमुनामा उभ्याउनका लागि ‘स्टार मोडल’ अगाडी सारेका छन् । साइन्स टेक्नोलोजी, टुरिजम एन्ड एभिएशन, एग्रीकल्चर, रिकन्स्ट्रक्सन अफ इन्फास्ट्रक्चर स्टारको अर्थ हो । माइनिङ एन्ड मिनिरल्स, ओइल, ग्यास एन्ट पेट्रोलियम, डाइभर्सिटी अफ जियोलोजी , इनर्जी र ल्यान्ड म्यानेजमेन्ट मोडेलको अर्थ हो ।

उनलाई विश्वास छ, जनता जागरूक भए साना शक्तिहरू पनि परिवर्तनका लागि अग्रस्थानमा आउन कुनै कठिन हुनेछैन । त्यसैले पनि राजनीतिमा संघर्ष र जनतालाई बुझाउने क्रममा उनी सक्रिय छन् ।

कसैले रेल कुदाउने भन्छन्, कसैले १० हजार प्रतिव्यक्ति आय बनाउने भन्छन् । तर, यसका लागि राजनीतिक मोडेल कस्तो र कसरी बनाउने भन्ने गुह्य नीति कोहीसँग छैन । तर, काफ्लेले साधारण हिसावमा सुक्ष्म काम गर्ने भए नेपाललाई यी सवै सुविधायुक्त बनाउनका लागि कत्तिपनि समय नलाग्ने अर्थनीति ल्याएका छन् ।

उनले विश्वराजनीतिमा जनताले राम्रा नेता तर खराब अर्थनीति सञ्चालन गरेका कारणले हराएको इतिहाँस फ्रान्समा इम्मानुएल मांक्रोको जीतले पनि पुष्टि भएको दृष्टान्त अघि सार्दै भने,‘अब अर्थनीतिमात्र होइन व्यवाहारिक प्रयोग नगरे राजनीतिको अर्थ छैन ।’

परम्परागत राजनीतिक दलहरूले बाटोका र सहरका कुरा, वैकल्पिक भनिनेहरूले इमानको कुरा मात्र गरेको भन्दै त्यतिले विश्वमा स्पर्धा गर्न नसकिने बताए । राजनीति सुरु गरेको कमै भएपनि अर्थतन्त्रको विकासका लागि केही संकुचित कानुनलाई फराकिलो बनाएर राज्यको लगानी भित्राउनुपर्ने उनको धारणा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...