थापाको चुनावी अभियान : मुहारमा चमक, अभियानमा उत्साह

जित्ने सुनिश्चित हुँदा मुहारमा चमक आउनु स्वभाविक : राई

Sunil thapa 1

धनकुटा । ‘बाघको मुख खाए नी रातै, नखाए नी रातै’ यो उखानसँग मेल खान्छ सुनीलबहादुर थापाको चुनावी अभियानसँग । उनी निरन्तर घरदैलो अभियानमा छन् । जनतासँग भलाकुसरी गरिरहेका छन् ।

उनी त्यसै पनि व्यस्त नेताको सुचीमा पर्छन् । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको राजनीतिक ओतबाट राजनीतिमा प्रवेश गरेका सुनीलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री हुन् । त्यही मात्रै होइन, उनी वर्तमान सरकारका उद्योग मन्त्री पनि हुन् ।

उनी पदीय हिसावमा पनि उच्च तहमा रहेका कारण उनी व्यस्त हुनु स्वभाविक हो । त्यसमा पनि चुनावी चटारोले गनलाई भ्याइनभ्याई छ । विहान मिर्मिरेमै उनी बस्ने डेरामा भेट्न आउने कार्यकर्ताको भीड लाग्छ । त्यो भीड नसकिँदै चुनावी अभियानमा जाने समय भइसक्छ ।

यती व्यस्त हुँदा पनि उनी थाकेका जस्ता देखिँदैनन् । र यो चुनावी अभियानमा आज त थाकियो भन्ने आवाज निकालेका छैनन् । निर्वाचन नजिकिँदै गर्दा उनी झन वेफुर्सदी भएका छन् । जिल्लामा हार जितको चर्चा चलिरहँदा उनको अनुहारमा झन चमक आएको छ । उत्साह बढेको छ ।

स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने त उनको अनुहारमा चमक होइन, निरासाले ओठमा कायाँ पर्नुपर्ने हो । तर, जनताले उनको अनुहारमा ‘सूर्यबहादुर थापा’ देख्न थालेपछि झन उनको अनुहारमा चमक बढ्न थालेको सजिलै अनुमान गर्न सकिन्छ । नेपाली कांग्रेस धनकुटाका सचिव तथा संयुक्त लोकतान्त्रिक गठबन्धनका प्रवक्ता विजयसन्तोषी राई भन्छन्, ‘धनकुटेली जनताले सुनीलबहादुर थापालाई जिताउन चाहेको र जनताको भरोसाका केन्द्र पनि थापा भएकाले उहाँको मुहारमा चमक आउनु स्वभाविक हो ।’

धनकुटामा सूर्यबहादुर थापाले आफ्नो जीवन कालमा निक्कै राम्रा काम गरेका छन् । तर, थापालाई चौविसे क्षेत्रका जनताले कहिले पनि भोट दिन पाएनन् । त्यही भएर पनि थापाका छोरा सुनील चौविसे क्षेत्रमा आसाका केन्द्र बनेका छन् । चौविसे क्षेत्रका जनतासँग हात फैलाउन थापा शुक्रबारदेखि चौविसे क्षेत्र लागेका छन् ।

उनी चुनावी अभियानकै क्रममा चौविसे लागेका भए पनि उनीप्रति त्यस क्षेत्रका जनताले स्व. सूर्यबहादुर थापाको गुन तिर्न चाहेका छन् । कहिले पनि थापा परिवारलाई भोट नहानेका चौविसे क्षेत्रका जनताले यो पटक थापाप्रति निक्कै सम्मान जनाएका छन् । यसअघि चौविसे क्षेत्रमा राप्रपा –प्रजातान्त्रिक) को कुनै प्रभाव थिएन ।

राप्रपा (प्रजातान्त्रिक) का केन्द्रिय सदस्य कुमारबहादुर थापाले धनकुटाको चौविसे क्षेत्रमा पहिले त्यस्तो प्रभाव नभए पनि अहिले चौविसे क्षेत्रका जनताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सुनीलबहादुर थापालाई रोज्न थालेको बताउँछन् ।

खासगरी चौविसे क्षेत्र नेकपा एमाले र माओवादी केन्द्रको राम्रै प्रभाव भएको क्षेत्र हो । तर, धनकुटाका दुवै प्रदेश र प्रतिनिधि सभामा माओवादीले उम्मेदवारी नपाउनु र एमालेले पनि चौविसे क्षेत्रलाई उपेक्षा गरेपछि थापा चौविसे क्षेत्रको रोजाईमा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...