लोकतान्त्रिक गठबन्धन र गैर वामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाए : बिजुक्छें

Narayanman

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गैरलोकतन्त्रवादीहरु मिलेर लोकतानित्रक गठबन्धन र गैरवामपन्थीहरु मिलेर वामपन्थी गठबन्धन बनाएको आरोप लगाउँदै उनले नेमकिपाले देश र जनताको अधिकारको सुरक्षित गर्न उम्मेदवारी दिएको बताए ।

आगामी प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई नेमकिपाको कुनै समर्थन नरहेको बताएको छ ।
आज रफत सञ्चार क्लबले आयोजना गरेका नेमकिपाका उम्मेदवारहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेमकिपाले शसक्त रुपमा आफ्नै उम्मेदवार उठाए पछि आत्तिएर यस्तो हल्ला चलाएको बताए ।

उनले नेमकिपाको नाम प्रयोग गरेर ठगहरु सक्रिय भएको आरोप लगाउदै भक्तपुरमा नेमकिपाले काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई सहयोग गर्छ भनेर काँग्रेसले हल्ला चलाएर राजनीति ठगी गर्न खोजेको टिप्पणी गरे ।

बिजुक्छेले भक्तपुरमा काँग्रेस उम्मेदवार दमननाथ ढुङ्गानालाई बिजुक्छे र नेमकिपाको समर्थन छ, भनेर काँग्रेसले र अन्य जिल्लामा बामगठबन्धनको नाममा एमालेलाई नेमकिपाले समर्थन गर्छ भनेर चलाएको हल्ला गलत भएको प्रष्ट पारे ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवंम् भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवाद, साम्राज्यवाद, एकाधिकार पूजीवाद विरुद्ध नेमकिपाको उम्मेदवार भएको बताए ।

उनले भने ‘एमालेका महेश बस्नेत पैसाका बलमा उम्मेदवार बनेको र भारतले दमननाथलाई काँग्रेसबाट उम्मेदवार बनाएको हो, यस्तो अबस्थामा जनताले नेमकिपालाई रोज्नेछन् ।’

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार अनुराधा थापामगरले सरकारले राज्यको ढुकुटीको दुरुपयोग गरेर चुनावको मुखमा गरिबको नाममा १८ करोड रुपैया बाडेर आचार सं्रहिता उलंघन गरेको बताए ।

त्यसअवसरमा नेमकिपाका भक्तपुर क्षेत्र नं. १ प्रदेश नं. १ का उम्मेदवार निरज लवजू, २ का उम्मेदवार सुरेन्द्रराज गोसाई, क्षेत्र नं. २ प्रदेश सभा १ का उम्मेदवार सरोजराज गोसाँइ र २ का उम्मेदवार प्रेमजन थापाले ठूला दलले ठूला घोषणा पत्र बनाएर जनता झुक्याउदै आएको बताउँदै त्यसको पछि नलाग्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस