तात्यो गोरखा : भट्टराई र श्रेष्ठ दुबै बलिया दावेदार

के भनिन् करिष्मा मानन्धरका भट्टराईको समर्थन्मा ? (भिडियोसहित)

Untitled 1

 

गोरखा । आगामी मंसिरमा हुने निर्वाचनले देशको राजनीतिक माहोल तातेको छ । त्यसमा पनि मौसमी चिसो बढ्दै गर्दा राजनीतिक माहोल भने एकदमै तातेको छ । त्यसमा पनि लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बीचको तीव्र प्रतिष्पर्धाले राजनीतिक माहोललाई एकदमै तताएको छ ।

पहिले बाम र लोकतान्त्रिक गठबन्धनमा रहेका डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्रमा बेग्लै प्रकारले चुनाव लागेको छ । उनी निर्वाचनमा सहभागी गोरखा निर्वाचन क्षेत्र नं. २ मा बाम गठबन्धनका नारायणकाजी श्रेष्ठ पनि चुनावी प्रतिष्पर्धामा छन् । यी दुबै जना नेपाली राजनीतिमा प्रभाव पार्न सक्ने व्यक्ति हुन् । त्यही भएर पनि धेरैको आँखा गोरखा जिल्लामा परेको छ ।

सुरुका दिनमा बाम गठबन्धनमा रहेका डा. भट्टराई सिट बाँढफाँढमा कुरा नमिल्दा लोकतान्त्रिक गठबन्धनमा आवद्ध हुन पुगेका थिए । यो क्षेत्रमा लोकतान्त्रि शक्ति पनि बलियो छ । त्यही भएर पनि जनताको मत आफ्नो पक्षमा आउने डा. भट्टराईको आँकलन छ । त्यही भएर निर्वाचन जित्न उनी कम्मर कसेर लागेका छन् ।

जिल्लामा राम्रै पकड बनाएका कारण पनि गोरखा –२ मा आफ्नो पक्षमा पार्ने दाउँमा छन् यसभन्दा अघि पनि जित हासिल गरेकाला पनि यो पटक जित्न सकिन्छ भन्नेमा ढुक्क छन् । उनले आफ्ना चुनावी अभियान पनि तीव्र बनाएका छन् । आफ्ना विभन्नि चुनावी सभा र घरदैलो अभियानमा पुग्दा आफु अर्थ मन्त्री र प्रधानमन्त्री हुँदा गरेका कामको प्रचार गरिरहेका छन् । उनले भावी दिनमा पनि आफ्ना सबै प्रतिवघता पूरा गर्ने प्रतिवद्धता जनाइरहेका छन् । यस्तो डा. भट्टराईको इतिहास डा. भट्टराई नेपाली राजनीतिमा धेरै प्रभाव राख्ने व्यक्ति हुन् ।

उनी माओवादी १० वर्षे सशस्त्र द्धन्द्धका बेला प्रत्यक्ष संलग्न भएका थिए भने वृहत शान्ति सम्झौतापछि पनि उनी नेपाली राजनीतिमा चर्चाका पात्र बनिरहे । उनी पहिलो संविधान सभाको निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाटै उम्मेदवार बनेका थिए । उनले त्यसबेला गोरखा–२ बाट ८१.९३ प्रतिशत अर्थात ४६ हजार२७२ मत ल्याएर विजयी भएका थिए । त्यसबेला उनले आफ्ना प्रतिद्धन्द्धीलाई ४० हजार १ सय २९ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए । त्यसबेला उनी देश मै धेरै मतान्तरले विजयी हुने उम्मेदवार बनेका थिए । तर, दोस्रो संविधान सभाको निर्वाचनमा भने उनले पहिलेको जस्तो मतान्तर कायम राख्न सकेनन् ।

उनले २०७० मा भउको दोस्रो संविधान सभाको निर्वाचनमा गोरखा –१ बाट चुनावी प्रतिष्पर्धा गर्दा आफ्ना प्रतिद्वन्दीलाई १३ हजार ८ सय ५३ को मतान्तरले मात्रै विजयी भएका थिए । उनले त्यसबेला २२ हजार ८ सय २४ अर्थात् ५८ दशमलव २८ प्रतिशत मत ल्याएका थिए । यस्तो छ आँकडा गोरखा –२ मा डा. भट्टराई र श्रेष्ठबीच प्रतिष्पर्धा देखिएको छ । बाबुरामले यस क्षेत्रमा विभिन्न विकासका कार्य गर्दै आएका छन । उनले यसलाई राम्रै प्रचारको आधार बनाएका छन भने नारायणकाजी पनि जातियताको र आफ्नो पार्टीले गरेको कामलाई प्रचारमा ल्याएका छन । ९० हजार मतदाता भएको गोरेखा –२ मा नेपाली कांग्रेसले १७ हजार ७०, माओवादी केन्द्रले १७ हजार ८ सय ९४, नयाँ शक्ति पार्टीले ७ हजार ९ सय र एमालेले ७ हजार २ सय ८ मत पाएका थिए । यहाँ अहिले कांग्रेस र नयाँ शक्तिको गरी २४ हजार ९ सय ७० मत पुग्छ भने माओवादी र एमालेको २५ हजार १ सय २ मत हुन्छ ।

 

त्यसमा पनि अहिले स्थानीय चुनावपछि केही मतदाता थपिएका छन् र थपिएका मतदाता निर्णायक छन । स्थानीय पत्रकार सुजन न्यौपानेका अनुसार ‘बाबुरामको भन्दा नारायणकाजीको जित्ने आधार बलियो छ । किनकी पछिल्लो समयमा नयाँ शक्तिका सयौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन यस्तै एमाले पनि काँग्रेका युवाहरु धमाधम पार्टी प्रवेश गराइरहेका छन् । तर बाबुरामले यस क्षेत्रमा बढि विकास गरेका छन् र धेरै जिल्लामा आइरहने नेतामा पर्छन् । यहि नै हो बाबुरामको जित्ने आधार । यसलाई हेर्दा बाबुराम भन्दा नारायणकाजीको बलियो देखिन्छ ।

 https://www.youtube.com/watch?v=WiST2smA4d8

प्रतिकृया दिनुहोस