पूर्वराष्ट्रपतिलाई किन आउँछ सधैं घर भाडाको लफडा ?

राष्ट्रपति कार्यालय भन्छ, पत्रको जवाफ आएपछि मागअनुसारको बहाल दिइन्छ

Dr yadab

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवको नाम इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको छ । तर, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति यादव यस्ता अभागी व्याक्ति हुन्, जसले इतिहासमा स्वर्ण अक्षरले लेखाए पनि निदाउन भने पाएका छैनन् ।

तिनै राष्ट्रपति यादवले अहिले सधैं घरवेटीबाट पीडित हुनुपरेको छ । त्यती मात्रै होइन, पटकपटक घरभाडा तिर्न नसकेको सार्वजनिक सुचना सार्वजनिक हुँदा मानसिक यातना खेप्नुपरेको छ ।

आखिर किन यसरी सधैं यस्तो यातना खेप्नुपर्छ डा. यादवले रु के उनी घर भाडा लिएर बस्नै नसक्ने व्यक्ति हुन् त ? अवस्य पनि होइनन् । उनीसँग प्रशंस्त सम्पत्ति छ । तर, सरकारले नै वसोवासको व्यवस्था मिलाउने गरी भाडाको घरमा राखिदिएपछि भाडाको घरमा बस्दै आएका छन् ।

तर, उनले सरकारी सुविधाको सट्टा पटकपटक आउने सार्वजनिक सुचनाले हैरान भइसकेका छन् । सोमबार मात्रै पनि नागरिक दैनिकमा एउटा सार्वजनकि सुचना आएको छ । त्यो सुचनामा १५ दिनभित्र घर खाली गरि दिने भन्नेबारे छ ।

पूर्वराष्ट्रपति यादव २०७२ देखि ललितपुरको बागडोलमा सरकारले व्यवस्था गरिदिएको घरमा बस्दै आएका छन् । सरकारले व्यवस्था गरेको घरमा बस्न थालेयता नै डा. यादवले पटकपटक सार्वजनिक सूचना र घरधनीको झेल्नुपरेको छ । त्यति मात्रै होइन, विद्युत प्राधिकरणले नै महसुल नबुझाएको भन्दै २०७३ असारमा विद्युत कटौती प्रयास गरेको थियो ।

देशको पहिलो राष्ट्रपति बनेका यादव सरकार र शीतल निवासको बेवास्ताले यसरी सधैं घरभाडाको लफडामा परिरहेका छन् । २०७२ चैत्र २६ मा बसेको मन्त्रिपरिषद्को बैठकले २०७२ कात्तिक १२ देखि २०७४ असार मसान्तसम्मको बहाल तिरिएको थियो । २०७३ माघ २० मा बसेको मन्त्रिपरिषद्कै बैठकले उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिलाई मर्मतका लागि मासिक १ लाख र घर नहुनेलाई बहालका लागि २ लाख दिने निर्णय गरेको थियो ।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार उपत्यकामा घर भए÷नभएको जानकारीसहित कुन सुविधा लिने भनी २०७४ असोज ९ मा पूर्वराष्ट्रपतिको सचिवालयलाई पत्र लेखिएकामा हालसम्म जवाफ नआएकाले साउनदेखिको घर बहाल नतिरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले बताए । उनले पत्रको जवाफ आएपछि मागअनुसारको बहाल सचिवालयलाई उपलब्ध गराइने बताए ।

पूर्वराष्ट्रपति यादवको सचिवालयले भने बहाल सम्झौताको अवधि सकिएकाले नवीकरण गरी तिरिदिन पत्र लेख्दा पनि कार्यान्वयन हुन नसकेको जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा २०७४ साल भदौ २८ गते भाडा तिरिदिनू भनी पत्र लेखिएकामा अहिलेसम्म नतिरिएको डा. यादवका निजी सचिव किरण पन्थले बताए ।

उपत्यकामा पूर्वराष्ट्रपतिको घर भए मासिक १ लाख दिने र नभए मासिक २ लाख दिने मन्त्रिपरिषद्को निर्णय छ । तर पूर्वराष्ट्रपति यादवको उपत्यकामा घर छैन । डा. यादव बस्दै आएको घरको भाडा मासिक १ लाख ४४ हजार मात्र हो । तर, यो पनि सरकारले तिर्न सधैं आँनाकानी गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...