उस्तै छ वायूसेवा निगममा युवराजको यौन आतंक

Yubaraj news foto

काठमाडौं । कुनै पनि कार्यालयका हाकिमले काम दिएपछि नगर्ने को हुन्छ र ? त्यसै पनि कार्यालयका हाकिमसँग नजिक भएका काम गर्ने रहर सबैलाई हुन्छ । तर, तिनै हाकिम यौन पिपासु बनेर अरुको जीवन वर्वाद पार्छन् भनेर कुन कर्मचारीले सोचेको हुन्छ र ?

फेरि महिला कर्मचारीलाई आफ्नो विभागीय प्रमुखले कार्यकक्षमै ढोका थुनेर संवेदनशील अंग छुने, प्रलोभन र डर धम्की देखाई एक्लै घुम्न लैजाने र यातना दिने गर्न थाल्यो भने कति मानसिक तनाव होला ? तपाई कल्पना गर्नुस् त ।

यस्तो क्रम निरन्तर चलिरहेको छ नेपाल वायुसेवा निगममा । जुन कार्य वर्षाैदेखि भइरहेका छ । तर, पनि यस्ता हर्कत गर्ने युवराज अधिकार नाममा विभागीय प्रमुखलाई कारवाही गर्न सकैले सकेको छैन । इलामको करफोकमा जन्मिएका अधिकारी अर्थ विभागमा रहँदा आफ्ना महिला कर्मचारीलाई आफ्नो कोठामा बोलाउने र विभिन्न प्रलोभन देखाउँदै यौन सम्पर्क गर्न दवाव दिने गरेको पाइएको छ ।

निगमको अर्थ विभागमा रहेका बेला उनले अधिकारीले महिला कर्मचारीलाई प्रलोभन र त्रास देखाएर यौन दुव्र्यहार गरेको सहन नसकेपछि त्यहाँ कार्यरत महिला कर्मचारीले न्यायका लागि हारगुहार गरेका छन् । अधिकारीको व्यवहार साह्रै असहय भएपछि महिला कर्मचारीहरुले निगम प्रशासनलाई कारवाहीका लागि उजुरी दिएका थिए ।

शुरुमा आन्तरिक रुपमा न्यायका लागि प्रयास गरेका महिला कर्मचारीको उजुरी सुनुवाई गरी अधिकारीलाई कारवाही पनि भएको थियो । तर, उनले अदालतबाट स्टे अर्डर लिएर फेरि आतंक मञ्चाउन थालेपछि उनीहरु अन्य निकायमा पनि न्यायका लागि धाउन थालेका छन् । निगममा कार्यरत ९१ जना महिला कर्मचारीहरुले आफुमाथि यौन दुव्यवहार भएको भन्दै न्याय माग्दै राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका निकायहरुमा हारगुहार गरेका थिए । सुरुमा केही शतर्क भएका अधिकारीले फेरि उहीँ पुरानो हर्कत कायम राखेको बताइएको छ । उनी हाल फ्लाईट रीभ्यू कमिटिमा छन् ।

यसरी भयो घटना सार्वजनिक
गत भदौ २३ गते निगमको अर्थ विभागमा कार्यरत ९१ जना कर्मचारीले निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार समक्ष ८ पेज लामो उजुरी बुझाए । उक्त उजुरीपत्र हेर्दा महानिर्देशक कंशाकार नै अचम्म परे । त्यसबेला कंसाकार आफ्नो अफिसमा त्यस्तो हर्कत भएको थाहा पाउँदा निक्कै झस्किएका थिए ।

खासगरी अधिकारीले त्यसमा यूवराजले महिला कर्मचारीलाई आफ्नो कोठामा बोलाई वा फोन सम्पर्क गरी अनावस्यक दवावसहित यौन दुव्र्यबहार गर्न थालेपछि ९१ जनाले महाप्रवन्धकलाई लिखित उजुरी दिएका थिए । लामो समयसम्म अधिकारीको यौन हिंसा नरोकिएपछि महिलासहित अन्य ९१ जना कर्मचारीले महाप्रवन्धक कंसाकारलाई लिखित उजुरी दिएसँगै उनको हर्कत सार्वजनिक भएको थियो ।

के छ उजुरीमा ?
महाप्रवन्धक कंसाकार, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगमा परेको उजुरीमा युवराज अधिकारीले महिला कर्मचारीलाई आफ्नो कोठामा बोलाई वा फोन सम्पर्क गरी अनावस्यक दवावसहित यौन दुव्र्यबहार गर्दै आइरहको उल्लेख छ ।

पदोन्नती, विदेश स्थित स्टेशनमा काज र कथित राम्रो ठाउँमा सरुवा गरिदिने प्रलोभन देखाउने र अनावस्यक अपशव्दहरु प्रयोग गरी मानसिक रुपमा दवाव दिएकोले यसले त्रसित बनाई कार्यालयको काम नै गर्न नसकिने वातावरणको सिर्जना भएको, कर्मचारीलाई कार्यकक्षमा बोलाएर कार्यसम्पादन मूल्यांकनको अंक बताईदिने र व्यक्तिगत कार्य गराउनका लागि अनावस्यक दवाव दिई त्रसित पार्ने काम गरेको उजुरीमा उल्लेख छ ।

प्रस्ताव ईन्कार गर्नेहरुलाई कासमुमा पछाडी पार्ने र जुनसुकै ठाउँमा पनि सरुवा गरिदिन्छु भन्दै धम्क्याउने, आफ्नो कार्यकक्षमा महिला कर्मचारीलाई ढोका थुनेर राखी बाहिर बोर्डमा व्यस्त देखाएर जिस्क्याउने वा गाडीमा राखेर बाहिर लैजाने पनि उजुरीमा उल्लेख छ । निर्देशकले भनेको पनि नमान्ने भन्दै धम्क्याउने उनले अरु कर्मचारीलाई पनि छड्के जाँचको नाममा तर्साउने र सताउने गरेको पनि उजुरीमा उल्लेख छ ।

उजुरीमा कार्यकक्षमा, एकान्तमा बोलाउने, आहा कति राम्री भएकी भन्दै संवेदनशील अंग छुन खोज्ने र यौनजन्य क्रियाकलापको मनसायले कुरा गर्ने गरेको उल्लेख छ । यतिसम्मकी भदौ २७ गते पेश गरेको उजुरीमा कार्यसम्पादन मूल्यांकन बढाईदिने विदेशमा काज र राम्रो ठाउँमा सरुवा गरीदिने प्रलोभन देखाएर घुम्न जाउँ, मसँग रमाईलो गरौँ, मोज गर्नुपर्छ, छोराछोरी र श्रीमान नलिईकन हिँड, तिमी बच्चा जन्माइरहने होला, यसले गर्दा तिमी पछाडी प¥यौं भन्दै मानसिक यातना दिएको उल्लेख छ । 

उस्तै छ अहिले पनि उनको कार्यशैली
भदौ २७ मा ९१ जनाको उजुरी आएपछि महानिर्देशक कंशाकारले आन्तरीक छानविन शुरु गरे । उनलाई अर्थ विभागबाट फ्लाईट रीभ्यू कमिटिमा सरुवा पनि गरे । सामान्य छानविनमै दोशी देखिएपछि अधिकारीलाई कंसाकारले गम्भीर प्रकृतिको खराव आचरण देखाएको भन्दै भदौ २७ मै दशौँ तहको निर्देशकबाट तीन महिनाका लागि निलम्बन पनि गरे ।

कंसकारले उनलाई एक महिनासम्म कारवाही गरे । वर्षौँदेखि कर्मचारीलाई दवावमा राखेर अर्थविभागमा ब्रम्हलुट मच्चाएका उनले त्यो सहन सकेनन् । तर, मुर्खको अगाडि महादेवको पनि केही लाग्दैन भनेझै उनी अदहातबाट स्टे अर्डर लिएर फेरि निगममा आफ्ना पुराना हर्कतलाई कायम राख्न थालेका छन् ।

उनले आफु अन्यायमा परेको भन्दै अदालत गुहारे । भदौ २८ मा अदालत पुगेका अधिकारीलाई भदौ २९ गते अदालतबाट ‘निवेदनको अन्तिम टुंगो नलागेसम्म सरुवा भएको हालको कार्यालयमा काम गर्नबाट बाधा अवरोध नगर्नु नगराउनु, निलम्बनलगायत अन्य कुनै कारवाही नगर्नु नगराउनु, पदीय काम कर्तव्य जिम्मेवारी पूरा गर्न कुनै किसिमको बाधा अवरोध नगर्नु’ भनि अन्तरीम आदेश जारी भयो ।

अदालतको आदेशपछि महाप्रवन्धक कंसाकारले अदालतको आदेश आएकै दिन महाप्रवन्धक कंशाकारले उनलाई निलम्बन फुकुवाको पत्र थमाईदिए । अदालतबाट समेत फुकुवा भएपछि उनी फेरि धेरै दिन बाँधेर फुकुवा भएझै भएका छन् । उनी अहिले कसैलाई टेर्दैनन् ।

यता, अधिकारीले भने आफुमाथि गलत ढंगले बद्नाम गराउन खोजिएको बताएका छन् । उनले आफुविरुद्ध ९१ जनाले दिएको उजुरी गलत भएको प्रष्ट पारे । यसलाई उनले आफूलाई नियोजित रुपमा बदनाम गराउने नियतले बुनिएको योजनाको रुपमा लिएका छन् । ‘विभागीय प्रमुख भएपछि बोलाउने छलफल गर्ने कार्य गर्नैप¥यो, अरु सबै निराधार हो’ उनले भने ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...