धनकुटामा छायो एकाएक खुसीयाली, स्वतस्फुर्त गरियो दिपप्रज्ज्वलन

Dhankuta rajdhani

धनकुटा । पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका धनकुटामा शनिवार एकाएक खुसीयाली छायो । स्थानीयबासी एकाएक सडकमा निस्किए । दिप बाल्न थाले ।

यो दृष्य कतिपयका लागि नौलो पनि बन्यो । कतिपयले किन यसो गरियो भन्ने पनि भेउ पाएनन् । तर, धनकुटा १ नं. प्रदेशको अस्थायी राजधानी बनेको थाहा पाएर ‘हुरहुर्रे धनकुटा’ भने खुसी साटासाट गर्न थालेपछि भने सबै सडकमा उलिएका थिए । उनीहरुले सरकारको निर्णको स्वागत गर्दै अहिले पनि चिसो नभनी खुसी मनाइरहेका छन् ।

स्थानीय विकास मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले धनकुटालाई १ नं. प्रदेशको अस्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेर मन्त्रिमण्डलमा पेश गर्ने निर्णय गरेपछि धनकुटामा यसरी खुसीयाली छाएको हो ।

सरकारको यो कमदप्रति समर्थन जनाउँदै धनकुटामा दिपावली गरिएको छ । धनकुटा बजारको मदनचौक, चुवाकोबोट, हुलाकटोल, सिरानबजार, तल्लो कोप्चे, हिले, ओरेन्ज सिटी, भीमनारायण चौक आदी स्थानमा स्थानीयबासी भेला भएर दिपावली गरे ।

यतिवेला धनकुटाका सबै घरले पेटीमा दिप बालेर बजार उज्यालो पारिएको छ । धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै काठमाडौंसम्म लविङ गर्न पुगेका धनकुटाबासी हर्षित भएको नेपाली कांग्रेस धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

सरकारको सो निर्णयलाई धनकुटाका बिभिन्न राजनैतिक दलहरुले बिज्ञप्ती जारी गरेर स्वागत गरेका छन् । मन्त्रालयले हाल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा प्रदेश प्रमुख रहने प्रस्ताव पारित गरेको छ । धनकुटालाई राजधानी बनाउन बजारबासीले पटकपटक आन्दोलन गर्दै आएका थिए ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन, शहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा, विद्युत प्राधिकरणको दुई र धनकुटा नगरपालिका स्वामीत्वमा ४८ हजार ६ सय ३५ रोपनी सार्वजनिक जग्गा रहेको छ । राणा शासन कालको मुख्य गौडा र पञ्चायतकाल पुर्वाञ्चलको सदरमुकाम रहेको धनकुटा बहुदलीय प्रजातन्त्र आएपछि ओझेलमा परेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...