सांसद् बन्न एमाले छिरेकी कोमल वली जिल्लराम

Komal oli 16

दाङ । भनिन्छ चोक्टा खान गएकी बुढी झोलमा डुवेर मरी’ यो नेपाली उखानझै भएको छ गायीका कोमल वलीका लागि ।

केके नै पाउँछु भनेर राप्रपा छोडेर एमाले प्रवेश गरेकी वलीका लागि कात्तिक १६ गते अफाब सावित भएको छ । सुरुमा एमालेले दाङबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने आश्वासन पाएपछि ३ महिना एमाले प्रवेश गरेकी थिइन् ।

तर, मनोनयन एमालेले नपत्याएपछि उनी प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । ३ महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउँदै राप्रपा त्यागेर एमाले भएकी कलाकार कोमल वली अन्ततः एमालेविरुद्ध बागी उठेकी छन् ।

उनलाई एमाले प्रवेश गराउँदा समानुपातिक वा प्रत्यक्षमा टिकट दिने शर्त थियो । तर, वाम गठवन्धनले एमालेका हिराचन्द्र केसीलाई दाङ –३ मा प्रतिनिधिसभा उम्मेदवार बनाएपछि उनको हरिविजोग भएको छ । एमालेविरुद्ध लागेकी वलीले आफुले जसरी पनि जित्ने दावी गरेकी छन् ।

मंगलबार अन्तिम समयसम्म उनलाई आधिकारिक उम्मेदवार भनिएको थियो । तर, मनोनयन दर्ता गर्ने दिन बिहीबार बिहान एमाले नेता शंकर पोखरेलले आफ्नो प्रयास सफल हुन नसकेको जानकारी गराएपछि उनी जिल्ल परेकी थिइन् । त्यसैको झोकमा उनले विहीबार स्वतन्त्र उम्मेदवार भनेर उम्मेदवारी दर्ता गराएकी छन् ।

‘म तीन महिनादेखि यहाँ निर्वाचनको तयारी गरिरहेकी थिएँ’, वलीले भनिन्, ‘मनोनयन दर्ता गराउने अन्तिम समयमा अर्को व्यक्तिलाई दिएपछि एमाले कार्यकताको दबावमा स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...