सिटी एक्स्प्रेसको उत्सव एक्स्प्रेस योजनामा ८ जनाले पाए चाँदीको सिक्का

City 12

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरुको नाम घोषणा गरेको छ ।

कम्पनीले इलेक्ट्रोनिक लक्की ड्रमार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शान्तादेवी दाहाल, आशोकुमार राजबंशी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबीकुमारी देवी मन्डल र मासिनी तामाङ छनोट हुनु भएका छन् ।

ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादवले पाएकी छन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले दशैं, तिहार र छटलाई लक्षित गरी उपहार योजना ल्याएको थियो । सिटीले यो पटक आफ्नो योजना ९० दिनसम्म रहने बताएको छ ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजनाअन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टीसर्ट र किरिङ उपहार जित्न सक्छन् ।साप्ताहिक रुपमा एक जनाले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

त्यसैगरी उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । उपहार योजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोवार गर्ने दुबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस