निरन्तर ओरालो लागेको सुनको भाउ साताको पहिलो दिन नै बढ्यो

Gold 29

काठमाडौँ । साताको पहिलो दिन सुनको मुल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा २ सयले बढेको हो ।

आइतबार बजारमा सुन प्रतितोला ५५ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मुल्य प्रतितोला ५५ हजार ५ सय कायम गरिएको थियो । त्यस्तै, आइतबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आइतबार बजारमा चाँदी प्रतितोला ७ सय ६० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य ७ सय ५५ कायम गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...