बिर्तामोडमा कर्फ्यु जारी, घटना छानबिन गर्न सरकारी टोली बिर्तामोड जाँदै

Birtamod

झापा । शुक्रबार बिर्तामोडमा एक जनाको ज्यान जाने गरी भएको घट्नाका बारेमा छानबिन गर्न सरकारले ४ सदस्यीय उच्चस्तरिय टोली बिर्तामोड पठाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचीव बिरेन्द्रकुमार यादवको संयोजकत्वमा नेपाल प्रहरीका नायब महानिरीक्षक रमेशकुमार भट्टराई, शसस्त्र प्रहरीका नायब महानिरीक्षक चीरिञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौड्ल सम्मिलित टोली आज झापा जाने गृह मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

टोलीले ७ दिन भित्रमा शुक्रबारको घटनाका बारेमा छानबिन गरी भविष्यमा यस्ता घट्ना हुन नदिन अपनाउनु पर्ने सुरक्षा सर्तकताका बारेमा समेत उल्लेख गरि प्रतिवेदन बुझाउने गृह मन्त्रालयले जानकारी दिएको छ ।

बिर्तामोडमा हिजो दिउँसो १:३० बजे जारी भएको कर्फ्यु अहिले पनि जारी रहेको झापाका प्रमुख प्रहरी उपरिक्षक बिष्णु के सी ले जानकारी दिए । उनका अनुसार स्थानीय प्रसाशन ऐन अनुसार कर्फ्युको समयलाई व्यवस्थापन गर्न बिर्तामोड बजार क्षेत्रमा सेना समेत परिचालन गरिएको छ ।

अर्जुनधारा वडा नं. ११ का ११ बर्षिय लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शंकास्पद मृत्युको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका मृतक बालकका आफन्त र स्थानीयबासी र प्रहरीबीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो भने दर्जनौ घाईते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...