सुनको भाउ घट्यो यस्तो छ आजको मुल्य

Gold 1

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ । प्रतितोला २ सयले घटेर ५५ हजार ५ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार सुनको मूल्य ५५ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ ।

शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँ मूल्यमा कारोबार भइरहेको छ । बिहिबार मात्र चाँदी प्रतितोला ७ सय ६० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस