साग खेलका स्वर्ण विजेता कुशल श्रेष्ठले पेश गरे धनकुटालाई प्रदेश राजधानी बनाउने आधार

Kushal sport

यदि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रदेशको विकास गर्ने हो भने धनकुटाभन्दा अरु जिल्लालाई राजधानी बनाउन उचित मापदण्डहरु देखिँदैन । यद्दपि मेरो अरु कुनै जिल्लासँग पूर्वाग्रह रहेको छैन ।

प्रदेश नं. १ तराईभन्दा बढी पहाडी जिल्लाको प्रदेश, जसको प्रतिनिधित्व धनकुटा जिल्लाले गर्दछ । प्रदेश नं. १ मा १४ वटा जिल्ला छन् । जसमध्ये धनकुटा ७ वटा जिल्लासँग सडक सञ्जालले सीमानासँग जोडिएको छ । त्यसैले यहाँ आवातजावत गर्ने सबैलाई सहज छ ।

जहाँ पहिले नै विकास भइसकेको छ । यदि पहाडी जिल्लाहरुको विकास गर्ने हो भने धनकुटामा यो भएन र त्यो भएन भन्नुको कुनै तुक छैन । विकासको हिसावमा पहाडी जिल्ला मात्रै होइन, तराईका कुनै जिल्लाभन्दा कम छैन । यहाँ जनघनत्व पनि कम छ, जहाँ मानिसहरु स्थानान्तरण र बसाई सराई गर्दा कुनै असर पर्दैन । यदि सबै जिल्लाको समान विकास र संघीयताको सही अर्थ प्रष्ट्याउने हो भने धनकुटा जिल्लालाई राजधानी घोषण गर्नुपर्छ ।

सबै पहाडी जिल्लाहरुको केन्द्र रहेको धनकुटा व्यापारिक केन्द्रभन्दा फरक नपर्ला बिगतमा पनि हुने गरेको छ । तेह्रथुम, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा आदी जिल्लालाई सबैभन्दा पायक पर्ने जिल्ला धनकुटा हो । त्यसैले प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन धेरै आधारहरु छन् ।

तत्कालीन राजा महेन्द्रले २०१९ बैशाख १ गते प्रशासकीय एकाईको रुपमा धनकुटालाई धनकुटा जिल्ला भनी नामाकरण गरेका थिए । धनकुटा अहिलेसम्म पूर्वाञ्चल १६ जिल्लाको सदरमुकाम हो । विगतको इतिहासलाई फर्केर हेर्दा पनि राणाहरुको राम्रो छवी भएको ८ राणा भारदारमा विभुषणको नाम पाएका राणा प्रधानमन्त्री चन्द्र शमशेरले पूर्वाञ्चलको सबैभन्दा बस्न योग्य ठाउँ धनकुटालाई मानेका थिए । त्यही भएर उनले धनकुटामा दरबार बनाएका थिए । त्यसैले कसैको व्यवसायीक स्वार्थलाई त्याग्ने हो भने योभन्दा उपयुक्त राजधानी अरु हुन सक्दैन ।

तत्कालीन माओवादीको १० वर्षे सशस्त्र द्धन्द्धमा पनि धनकुटा जिल्लाको प्रशासन कार्यालयहरुले धनकुटावासीलाई सुरक्षित रुपमा निन्द्रा सुताउन सफल भएका थिए । सेनाको २ नं. बाहिनी, नेपाल प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल छ । यदि यहाँ कुनै अपराधिक घटना भए सीमा छाडेर भाग्ने सम्भावना कम छ । त्यसैले शान्ति सुरक्षामा कुनै शंका छैन ।

यहाँ नेपालमै लोपुन्मुख आठपहरिया राई जातिको बसोबास छ । त्यसका अलावा सबै जातजातिको बसोबास छ । यहाँ जातीयताको लडाइँ कहिल्यै भएको छैन र हुँदैन । यो जस्तो उक्त अरु के हुन सक्छ र ?

आज पनि नेपालमा राम्रो सडकको उदाहरण दिनु पर्दा धरान–धनकुटाको बाटोको दिइन्छ । यहाँबाट चीन तथा भारतको सीमाहरुमा सडक बिस्तार गर्न बराबर कै दुरी रहन्छ । यस जिल्लामा ४८ हजार ६ सय ३५ रोपनी जग्गा सरकारको नाममा छ । हाल धनकुटामा ३९ वटा सरकारी कार्यालयका आफ्नै भवन छन् ।

पहाडी जिल्लाकै उत्कृष्ट खेल मैदान धनकुटामा छ । जहाँ अन्तर्राष्ट्रिय पनि विभिन्न प्रतिष्ठित खेलहरु हुने गर्छ । यस खेल मैदानमा २ वटा धरहरा छन् । यस जिल्लाबाट प्रदेश नंं. १ का सबै जिल्लाहरुमा आवतजावत गर्न अहिले सहज छ भने यसलाई राजधानी बनाउन के कठिनाई छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार कुनै पनि प्रदेशको राजधानीलाई अरु देशको सीमाभन्दा कम्तिमा ६० किलोमिटर टाढा रहनुपर्छ । जुन धनकुटा एकदमै सही छ ।

विगतमा पूर्वाञ्चलका सबै जिल्लाबासीले यहीबाट उच्च शिक्षा पाउँथे । उच्च शिक्षा आर्जन गर्ने रोजाईको जिल्ला धनकुटा नै थियो । यहाँको धनकुटा बहुमुखी क्याम्पस देशकै उत्कृष्ट क्याम्पसमा पर्छ । यहाँ क्षेत्रीय शिक्षा निर्देशनालय, लोक सेवा आयोग जस्ता शैक्षिक कार्यालय छन् । प्राविधिक शिक्षालय छ भने देशमै पहिलो पटक कृषी विश्व विद्यालय बन्दैछ ।

यस जिल्लामा सबै किसिमका मौसमहरु रहने भएकाले खेतीयोग्य छ । यहाँ कालो सुनको रुपमा चिनिने अलैँची, चिया, सागसब्जी, अदुवा, खुर्सानी लगायतका नगदे वाली छन् । धनकुटे बिस्कुटले पर्यटकको मन लोभ्याउने गरेको छ । तमोर नदीबाट बिजुली निकाल्न सकिन्छ । हिलेदेखि माथी सिंबुवा, पाख्रीबास, तेलिया आदी बिजुली निकाल्ने ठाउँ छन् ।

एसियाकै दोस्रो ठूलो देश कन्चनजंघा, मकालु आदी मनोरम हिम दृष्यहरुको अवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

नेपालीहरुको ढुकढुकी भेडेटार, नमस्ते झरना, लालीगुँरास, प्रसिद्ध धार्मिक स्थल निसान भगवती, छिन्ताङदेवी, विश्रान्ती छन् । यहाँ प्याराग्याइडिङ गर्न सकिन्छ । जुन प्रदेशको राजधानीमा हुनु अति नै आवश्यक छ ।

यहाँ तराईमा फल्ने सुपारी, नरीवल, चिसोमा हुने अलैचीसमेत पाइन्छ । धनकुटामा मौसमलाई नेपालकै उत्कृष्ट मौसम छ भन्ने गरिएको छ । एयरपोर्ट बनाउन लागिएको ठाउँमा कहिले पनि हुस्सु र तुवालो लाग्दैन । यस जिल्ला कहिल्यै पनि बाढी पहिरो डुवानमा पर्ने खतरा नै छैन् । त्यसैले किन धनकुटा राजधानी हुन सक्दैन ?

ऐतिहासिक व्यक्तित्वदेखि राजनीतिक, कलाकार, खेलाडी, साहित्यकार आदी सिर्जनशील व्याक्तिहरुको जन्मस्थल धनकुटा हो । पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, सहिद भीमनारायण श्रेष्ठ, प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरे, कालीप्रसाद रिजाल, मोमिला जोशी, विष्णु चेम्जोङ, खेलाडीहरु कुशल श्रेष्ठ, किरण चेम्जोङ, सुजल श्रेष्ठ, दुर्गाराज निरौला आदी छन् । त्यसैले यस्तो ठाउँमा प्रदेशको राजधानी बनाउन किन हिच्किचानु र ?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...