यसरी किन भयो सिन्धुपाल्चोक कांग्रेसमा टिकट किनबेच ?

Sindhupalchok news

सिन्धुपाल्चोक । पैसा भएपछि के हुन्न र ? पैसाले इमान, जमान सबै बेचिन्छ । त्यस्तै भएको छ सिन्धुपाल्चोक कांग्रेसमा । इमान्दारहरु पैसाकै कारण पाखा लागेका छन् भने पैसा खर्च गरेर रातारात चर्चामा आउने पनि यही छन् ।

प्रशंग नेपाली कांग्रेस सिन्धुपाल्चोकमा टिकट वितरण प्रक्रियाको । यहाँ यस्तो पनि देखियो कि पैसा खर्च गरेपछि कांग्रेसको ‘क’सम्म नजानेका पनि उम्मेदवार बन्ने भाग्यमानी बनेका छन् । यस्तै भाग्यमानीमा पर्छन् सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का निमा लामा ।

उनी केही दिन अघिसम्म एमालेमा थिए । तर, उनी एकाएक नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘ख’ बाट टिकट हुत्याउन सफल भएका छन् ।

उनी त्यसरी सहज रुपमा उम्मेदवार बनेका चाँही होइनन् । उनले टिकट पाउनका लागि निक्कै मेहेनत गरेका छन् । सिन्धुपाल्चोकका पुराना नेता हुँ भन्दै हिड्ने कान्छा लामा, केही समयअघि मात्र कांग्रेसमा फर्किएका निमा ग्याल्जेन शेर्पा, लामो समय अमेरिका बसेर गाउँ फर्किएका वंशलाल तामाङ, जिल्ला सचिव भोला बोहोरा लगायतको डिजाइनमा उनले टिकट पाएका थिए ।

निमालाई टिकट दिलाउन कांग्रेसको संसदीय समितिमा परेका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निक्कै प्रयास गरेका थिए । स्रोतहरुका अनुसार लामाले रिजाललाई मोटो रकम बुझाएका छन् ।

टिकट फाइनल हुनु अघिल्लो रात बालुवाटारको एक रेष्टुरेन्टमा लामा लगायतको टोलीले केन्द्रीय सदस्य रिजाललाई ५० लाख बुझाइएको थियो । सोही रेष्टुरेन्टमा बसेर निमालाई टिक दिने कुरा फाइनल भएको थियो ।

सो प्रदेशका लागि कोषाध्यक्ष पासाङ दोङ, महासमिति सदस्य जिमी लामा, पूर्व महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि सागरकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि कर्मातोप्के ह्योल्मो, मेलम्ची नगरसमिति सभापति मधुसुदन सिग्देल, क्षेत्रीय सचिव रमेशराज भण्डारी, क्षेत्रीय कोषाध्यक्ष निलबहादुर खड्काको नाम सर्वुम्मत रुपमा सिफारीस भएको थियो । तर, सबैलाई पन्छाएर लामालाई टिकट दिइएको छ ।

स्थानीय तहको निर्वाचनमा साबिकको किउल गाविसमा कांग्रेस उम्मेदवार हराउन लामाको भूमिका थियो । त्यस्ता व्यक्तिलाई टिकट दिएपछि त्यहाँका कांग्रेस नेता, कार्यकर्ताले एमाले कार्यकर्तालाई टिकट दिएको भन्दै आक्रोस पोखेका छन् ।

पैसामै चलखेल
नेपाली कांग्रेसको राजनीतिमा कतै नदेखिएका र उम्मेदवारको सिफारिसमा समेत नपरेका व्यक्तिले टिकट पाएपछि सिन्धुपाल्चोक कांग्रेसमा खैलाबैला शुरु भएको छ ।

निमा लामाले मात्रै होइन, लामो समय अमेरिका बसेर फर्केका कान्छा लामाले समेत क्षेत्रीय कार्यसमितिबाट समानुपातिकमा सिफारिसमा पर्न क्षेत्रीय सभापति आइतमान तामाङलाई २५ लाख बुझाएका छन् ।

उनले समानुपातिकमा सिफारिस भएपछि नेताहरुको घरघर चहारी समानुपातिकमा पारिदिन आग्रह गर्दै २ करोडका प्रस्ताव राखेका थिए । तर, अन्तिममा आएर उनको भोट लिस्टमै नाम नभएपछि लामाको २ करोडको खेल भने समाप्त भएको थियो ।

त्यसैगरी, प्रदेशसभा २ ’क’ मा पुराना नेता रुद्रलोच आचार्यलाई टिकट दिने अन्तिम तयारी भएकोमा महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारी र पूर्वमन्त्री दिपक गिरीलाई ३५ लाख बुझाएर क्षेत्रका जुनियर विकास लामाले टिकट किनेका छन् ।

क्षेत्र नं. १ को प्रदेश ‘ख’ मा पूर्व जिल्ला सचिव कृष्ण न्यौपानेको नाम अन्तिमसम्म सर्वसम्वत भएको थियो । तर एक्कासी वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका साधारण सदस्यसमेत नभएका व्यापारी नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठको नाम ल्याएका थिए ।
व्यापारी श्रेष्ठलाई टिकट दिलाउन पूर्व सहसचिव भरत सुवेदीमार्फत वरिष्ठ नेता पौडेलको घरमा ४० लाख मेल गरिएको थियो ।

जिल्लामा सबैभन्दा महंगो टिकट व्यापारी विष्णु खत्रीलाई परेको छ । उनले टिकट पाउन मात्रै १ करोड ५० लाख खर्च गरेका छन् । त्यो पैसा स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिकाको मेयरमा आफू पराजित भएका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले निर्वाचनमा गरेको खर्च वेहोर्दा उनले त्यति रकम खर्च गर्नुपरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...