कङ्कालनी मन्दिरमा १४ लाख आम्दानी

Money1

राजविराज । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका १ भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा यस वर्षको बडादशैँमा १४ लाखभन्दा बढी आम्दानी भएको छ ।

बलीसहित विभिन्न शीर्षकमा १९ लाख २३ हजार ८६० आम्दानी भएको कंकालनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले साधारणसभामा जानकारी दिए ।

दशैँको पूजापाठ र मेला व्यवस्थापनमा ४ लाख ९२ हजार २१ खर्च कटाउँदा भएको १४ लाख ३१ हजार ८३९ आम्दानी मन्दिर विकास कोषमा राखिएको बताइएको छ । मन्दिरमा प्रत्येक वर्ष महानवमीका दिन राँगाको बलि दिने चलन छ ।

प्रतिकृया दिनुहोस