पुराना वाम नेता मोहन विक्रम सिंह भन्छन्, यसकारण कांग्रेससँग चुनावी तालमेल भएन

Mohan g

देशको विभिन्न राजनैतिक अवस्थामा हामीले बेग्ला–बेग्लै राजनैतिक शक्तिहरूसित कार्यगत एकता वा चुनावी तालमेल समेत गर्ने गरेका छौँ । हामीले एमाले वा माओवादी–केन्द्रसँग जुन चुनावी तालमेल गरेका छौँ, त्यसलाई पनि त्यही सन्दर्भमा हेर्नु र बुझ्नुपर्दछ ।

अहिलेको तालमेलको प्रधान पक्ष राजनैतिक हो । अहिलेको देशको विशिष्ट प्रकारको राजनैतिक स्थितिमा नै त्यस प्रकारको चुनावी तालमेल हुन गएको छ । तर, हामीले के बुझ्नु पर्दछ भने चुनाव वा चुनावी तालमेल हाम्रा प्रधान पक्षहरू होइनन् । अहिलेको प्रधान पक्ष जनआन्दोलन नै हो । चुनाव त्यसको एउटा अंग मात्र हो । हामीले कुनै बेला चुनावको बहिष्कार गरी रहेका हुन्छौँ भने कुनै बेला त्यसको उपयोग गर्ने गर्दछौँ । तर चुनावप्रति बहिष्कार वा उपयोगको जुन नीति अपनाए पनि हाम्रो मुख्य जोड जनआन्दोलनलाई अगाडि बढाउने नै हुन्छ । जनआन्दोलनको उद्देश्य पुनः नयाँ जनवादी क्रान्तिको लागि परिस्थिति, आधार वा जनमत तयार पार्नुहुन्छ ।

माओवादी केन्द्र र अर्को नेकाको नेतृत्वमा बनेको गठबन्धन । ती दुवैलाई समान स्तरमा राखेर हेर्नु वा एउटालाई अर्काको विकल्पको रूपमा हेर्नु निश्चित रूपले गलत हुने छ । कुन गठबन्धनसित मिल्दा चुनावमा हामीलाई कति फाइदा हुन्छ रु चिजलाई त्यसरी मात्र हेर्नु सही राजनैतिक सोचाइ होइन । कुन गठबन्धनको जित वा हारबाट देशलाई कति राजनैतिक लाभ वा क्षति पुग्दछ रु हामीले चिजलाई मुख्य रूपले त्यो दिशाबाट नै हेर्नुपर्दछ र त्यसअनुसार नै चुनावसम्बन्धी आफ्नो नीति निश्चित गर्नुपर्दछ ।

यो कुरा सत्य हो कि माओवादी केन्द्र वा एमालेसित गत कालमा हाम्रा गम्भीर प्रकारका मतभेदहरू थिए, अहिले पनि छन् र भविष्यमा पनि रहने छन् । तर कुनै पक्षसित कार्यगत एकता वा तालमेलको नीति अपनाउँदा कुन पक्षसित हाम्रा कति मतभेदहरू छन् भन्ने आधारमा होइन, देशको आवश्यकता के हो रु त्यसका आधारमा नै हामीले कुनै पक्षसित कार्यगत एकता वा तालमेलका नीतिहरू निश्चित गर्ने गर्दछौँ ।

गत कालमा त्यस प्रकारको दृष्टिकोणका आधारमा नै हामीले एमाले र माओवादी केन्द्र मात्र होइन, राजा, नेपाली काङ्ग्रेस वा मधेशवादीहरू प्रतिका नीतिहरू पनि निश्चित गर्ने गरेका थियौँ । त्यस अर्थमा हाम्रो पार्टीको कार्यशैली देशका अन्य सबै राजनैतिक शक्तिहरूकोभन्दा बेग्लै, विशिष्ट र उच्च छ । हामीले कहिले पनि कुनै राजनैतिक शक्तिप्रति पूर्वाग्रह राखेर नीति निश्चित गर्दैनौँ । तर देशको वस्तुस्थिति वा राजनैतिक आवश्यकताहरूमाथि ध्यान दिएर नै आफ्ना नीतिहरू निश्चित गर्ने गर्दछौँ । त्यही अर्थमा हाम्रो पार्टीको कार्यशैली अन्य सबै राजनैतिक शक्तिहरूको भन्दा बेग्लै विशिष्ट र उच्च पनि छ ।

अहिले चुनावमा एमाले र माओवादी केन्द्रसित बागलुङ र प्युठानमा गरिएको चुनावी तालमेलबारे तीन वटा प्रश्नहरू व्यापक रूपले उठाएको पाइन्छ । प्रथम, नेपाली कांग्रेससितको तालमेललाई किन अस्वीकार गरियो ? द्वितीय, बागलुङको संसदीय सिटलाई किन छाडियो रु तृतीय, दुर्गा पौडेललाई किन प्युठानमा उम्मेदवार बनाइयो रु जहाँसम्म नेकासितको चुनावी तालमेललाई किन अस्वीकार गरियो भन्ने प्रश्नको सम्बन्ध छ, त्यो प्रश्नको जबाफमाथि नै गई सकेको छ । अहिलेको देशको विशिष्ट अवस्थामा, खास गरेर नेका नेतृत्वको गठबन्धनद्वारा संविधान, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर खतरा पैदा भएको अवस्थामा नेकासित चुनावी तालमेल गर्नु राष्ट्रघाती र गम्भीर प्रकारको अदूरदर्शितापूर्ण कार्य हुन्थ्यो । त्यसैले हामीले दृढतापूर्वक कांग्रेससितको चुनावी तालमेललाई अस्वीकार गर्नु परेको हो ।

चुनावमा कुनै शक्तिसित कति तालमेल हुन्छ र कहाँ तालमेल हुन्छ रु त्यो कुरालाई कुनै पक्षको संगठनात्मक स्थितिले पनि गम्भीर प्रकारले निर्धारित गर्दछ । यो कुनै लुकेको कुरा होइन कि देशका धेरै भागहरूमा हाम्रो संगठनात्मक स्थिति वा जनाधार धेरै कमजोर छ । ती स्थानहरूमा चुनाव जित्ने सम्भावना नभए पनि राजनैतिक प्रचार, संगठनको विस्तार वा जनाधारको निर्माणका दृष्टिकोणले नै हामीले चुनावमा भाग लिने निर्णय गरेका छौँ । तर जहाँसम्म बागलुङ र प्युठानको सम्बन्ध छ, त्यहाँ जित्नका लागि पनि चुनावमा भाग लिने हाम्रो नीति थियो र अहिले पनि छ ।

तर वास्तविकता यो हो कि ती दुई जिल्लाहरूमा एमाले र माओवादी केन्द्रले विगत २०७० को संविधान सभा चुनाव र गत स्थानीय निर्वाचनमा समेत प्राप्त गरेको मत हामीले प्राप्त गरेको मतभन्दा बढी छ । त्यो अवस्थामा ती दुई जिल्लाहरूमध्ये कुनैमा पनि एक्लै चुनाव लडेर जित हासिल गर्ने सम्भावना धेरै नै कम थियो । त्यसले गर्दा या त चुनावमा विजयको कुरालाई गौण बनाएर हामीले देशका अन्य भागहरूमा जस्तै खाली प्रचारात्मक उद्देश्यले मात्र त्यहाँ पनि चुनावमा भाग लिनु पर्दथ्यो वा अर्को पक्षसित तालमेलको नीति अपनाउनु पर्दथ्यो ।

चुनावमा तालमेल गर्दा एकातिर, कुनै पक्षको संगठनात्मक दृष्टिले पनि काफी हदसम्म असर पार्दछ । अर्कातिर, तालमेल सधै एकतर्फी रूपमा आफ्नो सर्तमा मात्र हुँदैन । त्यो कुराको अन्तिम निर्णय दुई पक्षका बीचमा कायम हुने समझदारीका आधारमा नै हुन्छ ।

प्युठान र बागलुङबारे विचार गर्दा प्युठानमा एउटा संसदीय र प्रादेशिक सिट तथा बागलुङमा एउटा संसदीय र एउटा प्रादेशिक सिट प्राप्त हुनुपर्छ भन्ने कुरामा हाम्रो जोड थियो । तर त्यसमा दुवै पक्षको सहमति हुन सकेन । त्यो अवस्थामा हाम्रा अगाडि खालि एउटा मात्र विकल्प बाँकी रहेको थियो ः या त कुनै तालमेल नगरिकन एक्लै चुनाव लड्ने या सीमित रूपमा भए पनि केही उपलब्धि सुनिश्चित गर्न तालमेल गर्ने ।

प्रथम अवस्थामा देशमा कही पनि चुनाव जित्ने सम्भावना रहँदैनथ्यो । दोस्रो अवस्थामा त्यस प्रकारको केही सम्भावना रहन्थ्यो । त्यसको अर्थ चुनावमा हाम्रो जित सुनिश्चित नै हुन्छ भन्ने होइन । किनभने एमाले र माओवादी केन्द्रसित तालमेल गरी सकेपछि पनि नेकासित कडा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता बाँकी नै रहन्छ । अर्कातिर, चुनावी तालमेलबाट असन्तुष्ट एमाले, माओवादी केन्द्रका कतिपय पक्षहरूबाट अन्तरघातको सम्भावना रहन्छ । तैपनि चुनावी तालमेलबाट हामीलाई बढी फाइदा पुग्ने कुरा निश्चित छ ।

हामीले बागलुङ र प्युठान दुवै जिल्लाहरूमा हाम्रा सर्तहरूमा चुनावी तालमेल हुन नसकेपछि हामीलाई कतै वा कतै केही छाड्नुपर्ने बाध्यता थियो । त्यही अवस्थामा हामीले प्युठानको केन्द्र लिएर प्रदेशको कुनै सिट नलिने तथा बागलुङमा केन्द्र छाडेर प्रदेशका दुई सिटहरू लिने सहमति गर्‍यो । आखिर हामीले कतै न कतै केही छाड्नुपर्ने बाध्यता थियो । त्यही अवस्थामा नै हामीले त्यसप्रकारको निर्णय गरेका हौँ ।

त्यस प्रकारको निर्णयलाई बागलुङका विरुद्ध प्युठान र प्युठानका विरुद्ध बागलुङका रूपमा बुझ्नु वा प्रस्तुत गर्नु सही हुने छैन । विभिन्न समयमा पार्टी वा जनवर्गीय संगठनहरूमा यस्ता अवस्थाहरू उत्पन्न हुन्छन्, जब हामीले व्यक्तिहरूका बीचमा चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । कुनै कमिटी वा पदबारे चुनाव गरेर एउटालाई चुन्नुपर्ने आवश्यकता हुन्छ । त्यसो गर्दा नचुनिएका सबै व्यक्तिहरूप्रति भेदभाव गरेको निष्कर्ष निकाल्नु सही हुन्न । त्यही प्रकारले बागलुङ र प्युठानका सन्दर्भमा पनि अनावश्यक रूपले विवाद उठाउनु सही हुन्न ।

यदि हाम्रो संगठनात्मक स्थिति धेरै बलियो भएको भए हामीले बागलुङ र प्युठान मात्र होइन, देशका अरू पनि धेरै स्थानहरूमा दावी गर्न सक्थ्यौँ । १०, २० वा ५० स्थानमा पनि दावी गर्न सक्दथ्यौँ वा चुनाव लडेर त्यति स्थानहरूमा विजय प्राप्त गर्न सक्दथ्यौँ । तर हाम्रो कमजोर अवस्थाका कारणले हामीले दुई जिल्लाहरूमा केन्द्रको दावी गरेको भए पनि एउटा छाड्नुपर्‍यो ।

हामीले बागलुङ र प्युठानमा एमाले र माओवादी केन्द्रसित तालमेल गरेका छौँ । त्यो बाहेक अन्य जिल्लाहरूमा पनि आवश्यकता अनुसार एउटाको समर्थनबाट अर्कोलाई प्रभाव पर्ने वा मद्दत पुग्ने सम्भावना भएका जिल्लाहरूमा पनि सम्भव भएसम्म तालमेल गर्ने समझदारी बनेको छ ।
निश्चय नै त्यो कुरा दुवै पक्षहरूको कार्यकुशलता र दूरदर्शितामाथि निर्भर गर्ने छ । हाम्रो स्पष्ट विचार छ कि हामीले आपसमा सही र सन्तुलित समझदारी बनाउन नसक्दा विरोधीहरूलाई, स्पष्ट शब्दमा भन्ने हो भने नेका वा त्यसको नेतृत्वमा बन्ने गठबन्धनलाई मद्दत नपुगोस् भन्नका लागि हामीले बुद्धि पुर्‍याउनुपर्दछ ।

अहिले अत्यन्त कडा प्रतिस्पर्धाको अवस्थामा त्यो बाहेक त्यसले सत्ताको ठुलो पैमानामा दुरूपयोग गर्ने, आचारसंहिताको उल्लंघन गर्ने वा विदेशी शक्तिहरू पनि उनीहरूलाई मद्दत गर्ने अवस्थामा केन्द्र वा प्रदेशमा एक दुई सिटको अन्तरले पनि कसको सरकार बन्ने छ ? त्यो कुराको फैसला गर्ने छ । त्यो प्रश्नमा खालि कसको सरकार बन्ने छ भन्ने कुरासम्म मात्र सीमित छैन । त्यसले देशको राजनैतिक भविष्यमा नै गम्भीर प्रकारको अन्तर ल्याउन सक्छ ।

देउवाले चुनावमा दुई–तिहाइ बहुमत ल्याएर दोस्रो संविधान संशोधन विधेयकलाई पारित गर्ने धम्की दिइरहेका छन् । राजावादीहरूले नेपाललाई हिन्दू राष्ट्र बनाउने र राजतन्त्रको पुनः स्थापना गर्ने दिशामा लगातार काम गरी रहेका छन् । नेकाभित्र पनि त्यस प्रकारको कट्टरपन्थी र राजावादी सोचाइ राख्ने मानिसहरूको ठुलो संख्या छ । मधेशवादीहरूले तराईलाई नेपालबाट छुट्टाउन र राष्ट्रिय विखण्डनका लागि योजनाबद्ध प्रकारले काम गरी रहेका छन् । नेपाली कांग्रेसको नेतृत्वमा त्यस प्रकारका सबै तत्वहरूको गठबन्धन बनेको छ र त्यसलाई भारतीय विस्तारवादको पुरा समर्थन छ ।

त्यो अर्थमा त्यो गठबन्धनको विजय कति घातक हुने छ ? त्यो कुराको सजिलैसित अन्दाज गर्न सकिन्छ । त्यस प्रकारको परिणामलाई रोक्नका लागि अहिलेको चुनावले निर्णयात्मक महत्व राख्दछ । त्यस अर्थमा नै अहिलेको चुनाव वा तालमेललाई सफल पार्न हामीले पुरा प्रयत्न गर्नुपर्दछ । त्यसरी नै अहिलेको चुनावलाई सफल पार्ने हाम्रा प्रयत्न हुनुपर्दछ ।

माथि जे भनियो, त्यसको अर्थ अहिलेको व्यवस्था, संविधान, सङ्घीयता वा अहिले हाम्रो तालमेल भएका राजनैतिक शक्तिहरूसित हाम्रा मतभेद छैन वा उनीहरूसित विरोध वा सङ्घर्षको नीतिलाई हामीले त्याग गरेका छौँ भन्ने पनि होइन । तर त्यस प्रकारका मतभेद विरोध वा संघर्षलाई कायम राख्दै अहिलेको चुनाव र त्यस सन्दर्भमा हामीले गरेको तालमेललाई इमान्दारिता वा दृढतापूर्वक अगाडि बढाउने हाम्रा प्रयत्न हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...