३ महिनामा २० लाख राजश्व संकलन

Money 765x510

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको ३ महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ ।

३ हजार ४ सय ४ सवारीचालकलाई कारबाही गरेर सो रकम असुल गरिएको हो । गत साउन महिनामा १ हजार २३५ सवारीचालकलाई कारबाही गरी रु सात लाख ८३ हजार, भदौमा ६०५ सवारीचालकलाई कारबाही गरी ४ लाख १४ हजार तथा असोजमा १ हजार २६४ सवारीचालकलाई कारबाही गरी ८ लाख १२ हजार राजश्व संकलन भएको प्रहरी निरीक्षक राममणि उप्रेतीले जानकारी दिए ।

३ महिनाको अवधिमा जिल्लामा १३ वटा सवारी दुुर्घटनामा परेर ५जनाको मृत्युु भएको थियो भने २२ जना घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...