उम्मेदवारविरुद्ध उजुरी दिने समय बिहान १० देखि साँझ ५ सम्म

Ellection 28

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत ५ गते भएको मनोनयन दर्तामाउम्मेदवारविरुद्ध उजुरी दिन आजको समय छुट्याइएको छ ।

बिहान १० देखी साँझ ५ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दर्ताको समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनका लागि हिजो प्रतिनिधिसभाको ३७ सदस्यतर्फ ३ सय २० र प्रदेशसभाको ७४ सदस्यका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको थियो ।

आज दाबी बिरोधको उजुरी संकलन गरी भोली बिहान १० देखी ५ बजेसम्म जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन कार्यातालिका छ । भोली अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले नाम फिर्ताका लागि बिहिबार बिहान १० देखी दिउँसो १ बजेसम्मको समय प्रदान गर्ने जनाएको छ । स

हि दिन १ बजेदेखी ३ बजेसम्ममा उमेद्बारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गरेलगत्तै बिहिबार अपरान्ह ३ देखि ६ बजेसम्म निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मंसिर १० गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...