तिहारको समय छ मिठाई खाँदै हुनुहुन्छ ?जानिराख्नुहोस खानुअघि यी तथ्यहरु

Sweet

काठमाडौं । तिहारको बेलामा मिठाइको प्रयोग बढि मात्रामा हुने गरेको छ । विषेश गरेर तिहारमा मिठाई र माछा मासु तथा प्रोटिनका मात्रा बढि भएका खाने कुराको बढि प्रयोग हुन्छ । मिठाईलाई स्वास्थ्य, व्यायाम अनुसार ठिक्क खाए स्वास्थ्य वद्र्धक हुन्छ, विचार नगर्दा हानि गर्छ । देशमा प्रतिव्यक्ति प्रतिदिन ०।५५ प्रतिशतको हाराहारीमा मिठाई उपभोग गर्दै आएका छन् । मिठाई नियमित रूपमा थोरै परिमाणमा खाँदा स्वास्थ्यका लागि फाइदाजनक मानिए पनि एकै दिन बढी परिमाणमा खाँदा ठुलो नोक्सानी गर्न सक्ने विज्ञहरु बताउँछन् ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार,

-मिठाई खाइसकेपछि कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्छ ।
-मिठाई, खाना, रक्सी, तरकारी र मासु सकेसम्म सँगसँगै खानु हुँदैन ।
-मिठाई खाँदा शरीरले क्यालोरी ठुलो परिमाणमा पाउने तर पेट नभर्ने समस्या हुन्छ ।
-मिठाईमा अत्यधिक परिमाणमा चिनी, घिउ र तेल प्रयोग हुन्छ । यसमा क्यालोरी उच्च हुन्छ ।
-मोटोपना र सुगरका बिरामी सकेसम्म मिठाईको प्रयोगबाट टाढै बस्नुपर्छ । खानै मन लागे एक दुई पिस खाएर मज्जाले व्यायाम गर्नुपर्छ ।
-मिठाईमा फाइवर पनि निकै कम भएकाले यसको सेवनपछि कब्जियत हुने समस्या प्रबल हुन्छ ।
-मिठाई खानेबित्तिकै ग्लाइसेमिक इन्डेक्स ९खाइसकेपछि रगतमा चिनीको मात्रा मापन गर्ने आधार० तत्कालै उच्च गतिमा बढ्ने भएकाले मधुमेह हुने सम्भावना पनि त्यत्तिकै हुन्छ ।
-बजारमा पाइने रङ्ग प्रयोग भएका रंगीचंगी र चाँदीको वर्कले सजाइएका मिठाईबाट पनि सकेसम्म टाढै बस्नु राम्रो हुन्छ ।

नक्कलीबाट सावधान
-भिडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउने सम्भावना पनि त्यत्तिकै हुन्छ । यस्तो समयमा विश्वासिलो पसलबाट मात्रै मिठाई खरिद गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

-नक्कली मिठाईको प्रयोग (सेवन) बाट मानव स्वास्थ्यलाई दीर्घकालीन रोग लगाउने तथा ज्यान पनि जान सक्ने खतरा हुन्छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...