डा. केसीले तोडे १३ औं अनशन (हस्ताक्षर पत्रसहित)

Kc ansan

काठमाडौं । सरकारले कात्तिक ६ मा बस्ने मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गरी ऐन ल्याउने भएपछि डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

सरकारले माग पूरा गर्ने बचन दिएपछि डा गोविन्द केसीले अनशन तोडेका हुन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः आन्दोलन गर्नै चेतावनीसहित डा. केसीले १३ औं अनसन तोडेका हुन् ।

सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने, काठमाडौं नेशनलको सम्बन्धनका विषयमा उच्चस्तरीय छानविन समितिको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने लगायतका विषयमा पनि सहमति भएको छ ।

डा. केसीले सम्झौतामा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा कुरा गरेका थिए । प्रधानमन्त्री देउवाले माग पूरा गर्ने बताएपछि हस्ताक्षर गर्न राजी भएका थिए ।

त्यसअघि दिउँसो नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले डा. केसीलाई भेटी उनले राखेका सबै माग पूरा गर्ने बचन दिएका थिए ।

प्रतिकृया दिनुहोस