ढुक्क भएर काम गर्नुस् : स्वास्थ्यमन्त्री बोहरा

Health pm

काठमाडौँ । नवनियुक्त स्वास्थ्यमन्त्री दीपक बोहराले कर्मचारीले ढुक्कले जनतालाई सुविधा पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालयलाई पदबहाली गर्दै मन्त्री बोहराले राजनीतिक पूर्वाग्रह र हस्तक्षेत्रबाट मुक्त भई स्वास्थ्यमा जनताको हित हुने गरी काम गर्न निर्देशन दिए ।

उनले भने, ‘मबाट राम्रा योजनाका लागि कुनै हस्तक्षेप हुदैँन, देशलाई अगाडि बढाउने प्रमुख जिम्मेवारी तपाइँ स्थायी कर्मचारीकै काँधमा छ, त्यसै राम्रा योजना ल्याउनुस्, पूर्वमन्त्रीका राम्रा कामलाई निरन्तरता दिनुस्, बिना दबाब ढुक्कसँग काम गनुहोस् ।’

मन्त्रालयमा उपस्थित कर्मचारीलाई निर्देशन दिने क्रममा स्वास्थ्य मन्त्री बोहराले आफू २०४१ सालमा यातायात मन्त्री हुँदा मन्त्रालयलाई धूम्रपानरहित मन्त्रालय बनाएको प्रसंग झिक्दै धेरै कर्मचारी त्यसको विपक्षमा भएपछि छुट्टै कोठामा बनाइ त्यहाँ मात्र धूमपान गर्न सकिने व्यवस्था गरेको स्मरण गरे ।

‘स्वास्थ्य मन्त्रालयमा समेत यस्तो सोच थिएन, यस्तो निर्णयपछि दक्षिण एसियामै हामीले पहिलो धूमपानरहित मन्त्रालयका रुपमा प्रशंसा पाएका थियौँ, स्वास्थ्यमा पनि सबैको हित हुने केही नयाँ काम गरौँ,’ उनले भने ।

महँगो स्वास्थ्य सेवाका कारण जनताले आफ्नो आम्दानीले गुणस्तरीय सेवा नपाइरहेको भन्दै उनले सरकारले सुलभ स्वास्थ्य सेवाको वातावरण बनाउनुपर्ने बताए ।

मन्त्री बोहराले पदभार ग्रहण गर्दै शहरी स्वास्थ्य नीतिसम्बन्धी संशोधन फाइल र भूकम्पले क्षति गरेका २५२ स्वास्थ्य संस्था निर्माणसम्बन्धी फाइल सदर गरे ।

स्वास्थ्य सचिव किरण रेग्मीले विगत दुई दशकमा स्वास्थ्य क्षेत्रले राम्रो प्रगति गरेको भए पनि नसर्ने रोग, मातृ मृत्युदरलगायतका विषयमा अझै काम गर्नुपर्ने बताए ।

संघीयतामा कर्मचारी समायोजन ठूलो चुनौती भएको भन्दै सचिव रेग्मीले स्वास्थ्यमा पर्याप्त बजेट नबढाई अपेक्षाकृत उपलब्धि हासिल नहुने बताए ।

स्वास्थ्यमा हाल कुल बजेटको ३ दशमलब ७ प्रतिशत मात्र बजेट विनियोजन भएकाले त्यसलाई कम्तीमा १० प्रतिशत पु¥याउन आवश्यक भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार २० गते शनिबार, शनिदेवको पुजा गर्दै आजको राशीफल हेर्दा यस्तो हुन्छ फाइदा

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्...