कहिले पाउँलान् जीतबहादुरले सहयोग ?

Jit bdr sarki

डडेल्धुरा । ४२ बर्षीय जितबहादुर सार्कीको जीवन यति बेला मरे तुल्य छ । उनी ९ वर्षदेखि ऐलानी जमिनमा रहेको आधा भत्किको घरमा अरुको सहाराम बाँचिरहेका छन् ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ सोल्परीका सार्की २०६६ पुस २ सम्म पूरै सपांग थिए । तर, नियतिको खेलझै उनी करेन्ट लागेर अशक्त भए । अझै अशक्त जीवन बाँचिरहेका छन् उनी ।

उनी पेशाले घरको काम गर्थे । त्यो दिन डडेल्धुराको बागबजारस्थित एक घरमा पिल्लर बनाउँदै गर्दा उनलाई करेन्ट लाग्यो । उनी करेन्टको झड्काले थलिए । उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगियो । तर, उनको उपचार सम्भव भएन ।

उनले उपचारका लागि कहाँसम्म धाएनन् र ? उपचारकै क्रममा भएभरको ५ लाख रुपैयाँ उनले खर्चिए । तर, गरिवीका कारण उनको थप उपचार हुन सकेन । जसका कारण खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमै अर्काको सहारा लिनुपरेको छ ।

गुजारा चलाउन समस्या
४२ वर्षीय जीतबहादुर सार्कीले मजदुरी गरेर पनि ५ जनाको परिवार पाल्दै आएका थिए । मिस्त्री गरेरै ३ जना बालबच्चा र श्रीमतीलाई राम्रैसँग पालेका थिए ।

तर, करेन्ट लागेर ढल्दा मेरुदण्ड भाँचिएपछि ४ जनाको पालनपोषणमा समस्या आएको छ । उनी अहिले दाजु नारद सार्कीको भरमा बाँचिरहेका छन् । जीतबहादुर थलिएपछि नारदलाई १० जनाको परिवार पाल्नुपर्ने बाध्यता आएको छ ।

उनी त्यसयता उनी ह्वील चेयरको भरमा हिनडुल गर्न त सक्छन् । तर, आफ्नै भरमा दिशापिसाव गर्न भने सक्दैनन् ।  उनी जे भए पनि टुलुटुलु हेरिरहन मात्र सक्छन् । यो उनको बाध्यता बनेको छ ।

छैन कसैको सहयोग
उनी त्यसरी करेन्ट लागेर थलिएको पनि ९ वर्ष भइसक्यो । उनीहरुको परिवार ऐलानी जग्गामा बस्छ । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल डडेल्धुराले उनलाई ‘क’ वर्गको परिचय पत्र दिएको छ ।

उनले त्यही ठाउँमा घर बनाउन मालपोत कार्यालय डडेल्धुरामा निवेदन दर्ता गराएका छन् । तर, मालपोल कार्यालयले कुनै सुनुवाई गरेको छैन । अन्य संघसंस्थामा गुहार माग्दा पनि कसैले चासो नदेखाएको जीतबहादुर बताउँछन् ।

उनले जिल्ला अपाङ्ग सेवा समितिबाट कुखुरा, एनएनएसडब्लुएबाट ह्वील चेयर र महिला शक्ति केन्द्रबाट मैनबत्ति बनाउने सामाग्रीबाहेक अन्य सहयोग पाएका छैनन् । जिल्लामा गरिब, असाहय र अपाङ्ग भएका व्यक्तिहरुको सहयोगका लागि थुप्रै सरकारी तथा गैर सरकारी कार्यालयहरु सञ्चालनमा छन् । तर पनि उनी जस्तालाई सहयोग गर्न कुनै पनि संघ संस्थाको ध्यान पुगेको देखिँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...