सितापाइलामा खुल्यो अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचर सोरुम

F 1

काठमाडौं । के तपाई फर्निचरको पारखी हुनुहुन्छ ? आफ्नो घर, फ्ल्याट अथवा कोठा सजाउने इच्छा सबैको हुन्छ । त्यसको अलवा अफिस, होटल, अपार्टमेण्ट, रेष्टुरा सजाउन पनि त्यतिकै मानिसहरु लालयीत हुन्छन् । सुन्दरताले सबैलाई लोभ्याउँछ भने मानिसलाई स्वस्थ्य भएको अनुभुति पनि गराउँछ ।

सफा र सुन्दर ठाउँमा जान र बस्न जो कोहि पनि रुचाउने हुन्छ । त्यसै मध्येको एक हो फर्निचर । तर, अहिले नेपाली बजारमा डिजाइनदार, गुणस्तरीय र फिनिसिङयुक्त फर्निचरको अभाव खड्किएको पाइन्छ । यो अभाव टार्न श्रृष्टि ग्रुपले गुणस्तरीय र अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचर नेपाली बजारमा ल्याएको छ ।

घरमा आवश्यक पर्ने पलङ, दराज, सोफालागयतका आवश्यक फर्निचरसहित अफिसका लागि आवश्यक पर्ने फिनिसिङयुक्त युरोपियन ब्राण्डका फर्निचर उपलब्ध छन् । त्यस्तै होटल र रष्टुराँका लागि आवश्यक पर्ने आकर्षक फर्निचर पनि पाइन्छ । नेपालमै यो अन्तर्राष्ट्रिय ब्राण्डको पहिलो सोरुम हो ।

नेपालीहरुको मुख्य चाड दशैं र तिहारलाई लक्षित गरी खोलीएको फर्निचर सोरुममा चाडबाडको अवसरमा बिशेष छुटको पनि व्यवस्था गरीएको छ । नेपाली उपभोक्ताहरुको आयस्तर र मागलाई मध्यनजर गरेर यस्ता फर्निचर नेपाल भित्र्याईएको हो ।

युवा व्यवसायी निमा डि शेर्पाले यसले नेपालमा फर्निचरको गुणस्तरीय मागलाई केही हदसम्म पूरा गर्ने बताउँछन् । उनको सोरुपमा फर्निचर केहि महंगो भए पनि गुणस्तरीय भएको उनको दावी छ । यस सोरुममा सबै किसिमका फर्निचर पाईनुका साथै ग्राहकको मागअनुसार पनि बनाईन्छ । आफ्ना फर्निचरहरु देश भर निःशुल्क डेलिभरीको पनि व्यवस्था गर्ने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

सितापाईलास्थित ताम्राकार हाउसमा खोलिएको श्रृष्टि फर्निचरको उद्योगराज्य मन्त्री रेशम लामाले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...