चर्चा चुलिँदैछ प्रतिभाका धनी झलकको

Bibas 31

काठमाडौं । ‘तिम्रो सम्झनामा, झकास, जुन तारा, सान्नानी पर्ख’ जस्ता चर्चित एल्बम निकालेका झलक विवश फेरि सांगीतिक दुनियामा चर्चामा आउन थालेका छन् ।

उनी गीतकार पनि हुन् । उनले दुई दर्जनभन्दा बढी गीत लेखेका छन् । उनी बहुमुखी प्रतिभाका धनी हुन् भन्दा फरक पर्दैन । किन भने उनले गीत मात्रै लेखेका छैनन्, संगीत पनि भरेका छन् र स्वयम्ले गीतमा स्वर पनि दिएका छन् ।

उनी निर्देशक पनि हुन् । उनले ५ दर्जनभन्दा बढी गीतको भिडियो निर्देशन गरेका छन् । दर्जनौ म्यूजिक भिडियोमा अभिनय पनि गरेका छन् । मधुर स्वरका धनी उनले बेजोडको गीत गाएका छन् । जसका कारण उनको चर्चा यतिबेला जताततै छ ।

सक्दिन म, आयो–आयो या तिम्रो आयो, मत पागल भएँ, झुमझम जस्ता चर्चित गीत उनी आफैंले लेखेका हुन् । पानि प¥यो रिमझिम, गोली हान्यो, मत धेरै बेहोसीमा रमाएँ, आउ प्रिय जस्ता गीतमा संगीत दिएका छन् । उनले दर्जनौं भन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । जसले मेरो मन दुखाएर गयो, न तिम्रो, झुमझुम, सक्दिन म उनले निर्देशन गरेका मध्ये सबैभन्दा बढी चलेको म्युजिक भिडियो हो ।

उनी नाटक खुब मन पराउँछन् । मदन दास श्रेष्ठसँग मिलेर रेडियो नेपालबाट ५/६ वटा नाटक पनि सार्वजनिक गरेका छन् । आफैं नाटक पनि लेख्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...