फूलखेतीबाट मनग्य आम्दानी गर्दै दाहाल

20100313194548 garlands of marigold flower for sell in nepal streets

धुलिखेल । गाउँका युवा पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूलखेती गरेरै महिनामा लाखौँं रुपैयाँ आम्दानी गरिरका छन् ।

दाहालले चुनातालमा रहेको आफ्नै बारीमा सयपत्री फूलखेती गरेर आम्दानीको स्रोत पहिल्याउनु भएको हो । दुई रोपनी जग्गामा सयपत्री फूलको खेती गरे । तीन महिनमा नै फूल्ने उक्त फूलको बीउ थाइल्याण्डबाट मगाएर खेती थालनी गरेको उनले बताए ।

दाहालले भने ‘पहिला पहिला घरवरीपरी बारीको कान्लातिर मात्रै रोप्ने गरेको थिए, अहिले व्यावसायिक रुपमा नै खेती गर्न थालेको छु, ।’

शुरुवातमा २० ग्राम बीउबाट फूलखेती गर्नुभएका दाहाल यस खालको सयपत्री जात नेपालमा नपाइने भएकाले थाइल्याण्डबाट मगाएको बताए ।

नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँ पर्छ । एक हजार बोट लगाए । एउटा बोटबाट रु दुईसय देखि ३ सयसम्म कमाइ हुने दाहाल बताए । दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन महिनामा २ लाखदेखि ३ लाखसम्म कमाइ हुने अनुमान छ ।

काठमाडौंँका विभिन्न स्थानबाट फूलको माग आएको दाहालले बताए । आगामी दिनमा १० रोपनी जग्गामा फूलखेती बढाउने उनको योजना छ । काठमाडौँमा कपडा पसल सञ्चालन गर्दै आनुभएका दाहालले साथीहरुको सल्लाहमा आफूले फूलखेती शुरु गरेको बताए ।

‘काम गर्नकै लागि घरपरिवार छोडेर विदेश जान्छन्, तर यही मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने । युवा आफ्नो भएको सम्पत्ति धितो राखेर विदेशमा जाने गरेका र फर्केर आएपछि सो पैसा नसकिञ्जेल बसेर खाने गरेकोप्रति उनले गुनासो गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...