आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्ने : स्वास्थ्यमन्त्री

Giriraj mani pokhrel

काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताए ।

आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन मौलिक चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री पोखरेलले भने ‘नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि आयुर्वेद र योगको महत्व छ । हामीले संयुक्त राष्ट्रसंघमा योग दिवस मनाउने प्रस्ताव पहिल्यै नलगेर गल्ती ग¥यौँ अब बुद्ध जयन्तीको अवसरमा ध्यान दिवस पनि मनाउने प्रस्ताव लैजानुपर्छ ।’उनले नयाँ स्वास्थ्य नीतिमा आयुर्वेदका सम्पूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि जनाए ।

आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले प्रत्येक विद्यालयबाटै योग र स्वास्थ्य जीवनशैलीबारे विद्यार्थीमा शिक्षा दिनु आवश्यक भएको बताए । उनले पर्याप्त बजेटको अभावमा आयुर्वेद र योगसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन नभएकाले यसमा लगानी बढाउनसमेत आग्रह गरे ।

योगाभ्यास र पञ्चकर्मबारे जनतालाई सेवा दिनका लागि बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ । आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण लागिएको हो ।

सामान्य जनतादेखि विशिष्ट, अति विशष्टि व्यक्तिसम्मका लागि बन्ने ठूलो योग सेन्टरमा अहिले प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख छुट्याइएको छ, अन्य भवनका लागि नक्साङ्कन भइरहेको छ भन्दै महानिर्देशक उपाध्यायले पूरै भवनका लागि गुरुयोजना बनाउन लागिएको र यसका लागि करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।

उक्त सेन्टरमा स्वास्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतको सेवा दिई नसर्ने रोगबारे कार्यक्रम हुने बताइएको छ ।राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसरमा आजै टेकुदेखि नरदेवीस्थित आयुर्वेद चिकित्सालयसम्म प्रभातफेरी गरिएको थियो ।

स्वास्थ्यमन्त्री पोखरेलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बिरामीलाई फलफूल वितरणसमेत गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...