किन उठ्न थाल्यो एमालेमा ६ करोडको कुरा ?

युवराज कार्की र महेश बस्नेतको भागमा २/२ करोड, २ करोड अझै गायव

Cpnuml ofice

काठमाडौं । ‘सधैं बल्झिरहने घाउँ’ बन्ने भएको छ नेकपा एमालेमा ६ करोड रुपैयाँ । किनभने एमालेको सहयोगका लागि केही समयअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले ६ करोड सहयोग दिएका थिए ।

त्यो ६ करोड रुपैयाँको हिसाव मिलाउन नसक्दा एमालेभित्र ‘६ करोड काण्ड’ सधैँ बल्झिरहने मुद्दा बनेको छ भने एमाले अध्यक्ष केपी ओली शर्माका लागि बल्झिरहने घाउँ बनेको छ ।

घलेले दिएको सहयोग हिनामिना भएको आशंकामा एमालेका वरष्ठ नेता माधबकुमार नेपालले नै बैठकमा हंगामा मच्चाए । घलेको पैसा शनिबारसम्म पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले घलेले दिएको पैसा कहाँ गयो भनी प्रश्न उठाएका थिए ।

नेपालले पटकपटक अध्यक्ष ओलीसँग घलेले दिएको पैसाको खोजी गरेका थिए । तर, अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरेका थिए ।

किन दिए घलेले ६ करोड ?
शेष घले नामुद व्यापारी पनि हुन् । उनले राम्रैसँग व्यापार गर्न जानेका छन् । नेपालको राजनीतिक अस्थिरताबारे उनी राम्रै जानकार छन् ।

त्यसमा पनि स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पहिलो बनेको छ । अहिले फेरि दुई ठूला वाम दलहरुको कार्यगत एकता भएको छ । दुई ठूला वाम दलको एकता हुँदा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सांसद पाउने सहमति भएको छ । यो अवस्थामा पनि एमाले नै पहिलो हुनेछ ।

एमाले पहिलो बनेको अवस्थामा स्वभाविक रुपमा एमालेको नेतृत्वमा सरकार बन्ने छ । त्यही भएर पनि घलेले एमालेलाई सहयोग दिएका थिए । उनको सहयोग निर्वाचनमा परिचालन गर्ने गरी दिइएको स्रोतको भनाई छ ।

पैसा कान्ड पहिलो होइन, ०७० को निर्वाचनमा राजेन्द्र लक्ष्मी गोल्छाबाट पैसा लिएर समानुपातिक सांसद् बनाइएको थियो । अहिले घलेले दिएको पैसा पनि त्यसैको संकेतका रुपमा चित्रण गरिएको छ ।

कहाँ गयो त ६ करोड ?
बैठकमा नेपालले ६ करोडको हिसाव मागेर ओलीको पसिना नै छुटाइदिएका थिए । त्यही भएर बाध्य भएर ओलीले ६ करोडको हिसाव पेश गर्न बाध्य भएका थिए ।

तैपनि ओलीले सै हिसाव भने देखाएका छैनन् । घलेको ६ करोडमध्ये २ करोड पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र २ करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिएका छन् । किन त्यो पैसा लगियो भन्ने चाँही बताउन चोहनन् । अध्यक्ष ओलीले त्यस बाहेकको २ करोड यहाँ छ भन्न सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...