पाठ्य पुस्तकमा उद्योगसम्बन्धी विषय समेटिन्छ : मन्त्री थापा

Thapa 30

काठमाडौं । उद्योग मन्त्री सुनीलबहादुर थापालेनेपाली घरेलु उद्योगको विकास र भावी पुस्तालाई सीपको विकास गराउन पाठ्य पुस्तकमा उद्योगसम्बन्धी विषय समेटिने बताएका छन् ।

उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकाससम्बन्धी मोडेल अभिमुखीकरण कार्यक्रममा मन्त्री थापाले घरेलु उद्योगबारे भावी सन्तती जानकारी गराउन पाठ्य पुस्तकमा समावेश गरिन लागेको बताए ।

मन्त्री थापाले नेपालमा रहेका घरेलु उद्योगको विकास गर्न भावी सन्ततीलाई जानकारी दिन आवश्यक रहेकाले पाठ्यपुस्तकमा समावेश गर्न आफुले पहल गरिरहेको बताए ।

‘गरिवी निवारणका लागि लघु उद्योगको विकास जरुरी छ’ मन्त्री थापाले भने, ‘त्यसका लागि मन्त्रलायले ७७ जिल्ला र सबै स्थानीय तहमा मेडप लागू गरिसकेको छ, यसले स्थानीय तहमा समेत औद्योगिक विकासका लागि मद्यत गर्छ ।’ मन्त्री थापाले मेडप लागू भएपछि स्थानीय स्तरमा रहेको अल्लो तथा अन्य गलैचा जस्ता बस्तुको उत्पादन बढेको बताए ।

मन्त्री थापाले आर्थिक विकासको मेरुदण्ड लघु, घरेलु तथा साना उद्योग भएको बताए । घरेलु सीप र सिर्जनालाई राज्यले प्रोत्साहन गर्ने भएकाले स्थानीय स्तरमा घरेलु उद्योग सञ्चालन गर्न उद्योगीहरुलाई मन्त्री थापाले आग्रह गरे ।

उपत्यकाभित्रका जननिर्वाचित मेयर, उपमेयर र कार्यकारी निर्देशक सहभागी रहेको सो कार्यक्रममा सहभागीहरुले घरेलु उद्योगलाई राज्यले अनुदान दिनुपर्ने माग गरेका थिए । उनीहरुले भूकम्पपछि घरेलु उद्योगको अवस्था दयनीय भएकाले राज्यबाट उद्यमीले निक्कै ठूलो अपेक्षा गरेको बताएका थिए ।

सो कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामा, सचिव शंकरप्रसाद कोइराला, अष्ट्रिलियन राजदूत, युएनडिपिका कन्ट्री डाइरेक्टर लगायतको उपस्थिती थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...