दोहोरो अंकले बढ्यो सेयर बजार  

Seare bazer

 

काठमाडौँ । धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६.६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो ।

दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक १ हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो लागेको छ 

कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर ६० करोड ५० लाख सात हजार ६१४ मूल्यमा खरिद बिक्री भएको हो ।

स्टकका अनुसार बैंकिङ ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, जलविद्युत् ५२.५५, वित्त क्षेत्र ९.९, बीमा समूह २६४.७५ र अन्य समूह ०.२८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४.२२ बिन्दुले ओरालो लागेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...