बदलिँदो मौसमका कारण धानबालीको उत्पादन घट्ने

Ricesorigins

विराटनगर । बदलिँदो मौसमका कारण मोरङमा उन्नत जातको धानबालीको उत्पादन घट्ने देखिएको छ ।

असोजमा अत्यधिक तापक्रमका साथै वर्षाले गर्दा मन्सुली सब–१ जातका धानबालीको पूmल बिग्रेका कारण दाना नभरिएको र चपेटा भएर निस्केकाले उत्पादन घट्ने भएको हो ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थाले मोरङमा विभिन्न पाँच प्रकारका उन्नत जातका स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर ४४, बीआरआर–४२ र तेहराङ जातका बीउ वितरण गरेको थियो ।

मन्सुली सब–१ जातिको धानबालीमा समस्या देखिएको सो संस्थानका कृषि अनुसन्धान तथा विकास अधिकृत कमल भट्टराईले जानकारी दिए ।

मोरङका टङ्कीसिनुवारी, बाहुनी, कानेपोखरीलगायत ठाउँमा रोपाइँ गरिएको सो जातको अधिकांश धानबालीमा दाना नभरिएको र चपेटा भएर निस्केको उनले बताए ।

सो जातका धानबालीमा देखिएका समस्याका कारण उत्पादनमा हुने ह्रासबारे जानकारी संकलन गर्ने कार्य भइरहेको छ ।

यसअघि सुक्खा मौसम र डुबान क्षेत्रमा बढी उत्पादन दिनसक्ने स्वर्ण सब–१, मन्सुली सब–१, बीआरआर–४४ र तेहराङ जातका १० टन बीउ वितरण गरिएको थियो ।

किसानलाई पाँच–पाँच किलोका दरले र सहकारी कृषक समूहलाई समेत बीउ उपलब्ध गराइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...