विपन्नको स्वास्थ्य बीमाको रकम नोबेलले तिर्ने

Helthqa bimaama

मोरङ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विपन्न परिवारका लागि स्वास्थ्य बीमा शुल्क तिर्ने भएको छ ।

नोबेलका सञ्चालक डा. सुनिलकुमार शर्माका अनुसार मोरङको निर्वाचन क्षेत्र नं ३ का सम्पूर्ण परिवारलाई ३ वर्षभित्रमा निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिइने छ ।

शर्माले भने ‘सरकारले एक परिवारको बीमाका लागि ३ हजार ५ सय लिने घोषणा गरेको छ, त्यो रकम विपन्न परिवारका लागि नोबेल मेडिकल कलेजले तिर्ने छ ।

शर्माले विपन्न, दलित तथा अल्पसंख्यक परिवारका २ सय जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको सुनिश्चित गर्ने र दलित, आदिवासी जनजाति, मुस्लिम र अल्पसंख्यक समुदायका २० जना विद्यार्थीलाई निःशुल्क एमबिबीएस अध्ययनको व्यवस्था गर्ने जानकारी दिए ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजले २ सातायता मोरङको ३ नम्बर क्षेत्रका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । “आर्थिक अभावका कारण सामान्य रोगको शिकार भएर जीवन नै गुमाउनु पर्ने अवस्थाका १५० बढी रोगी बिरामीको नोबेल अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रतिकृया दिनुहोस