उद्योग मन्त्री थापा उद्योगीसँग भेटघाटमा व्यस्त

Mantri thapa 29

काठमाडौं । देशमा निर्वाचनको सरगर्मी बढिरहेका बेला उद्योग मन्त्री भने नेपाली उद्योगको विकास र उद्योगीहरुको संरक्षणको उपायको खोजीमा व्यस्त छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छान्न राजनीतिक दलहरुलाई सकस परिरहेका बेला उद्योग मन्त्री सुनीलबहादुर थापा भने देशभर रहेका साना उद्योग र जीर्ण अवस्थामा रहेका उद्योगहरुको संरक्षण गर्न विभिन्न उद्योगी व्यवसायीसँग छलफलमा व्यस्त छन् ।

मन्त्री थापाले आइतवार घरेलु तथा साना उद्योग संघका अध्यक्ष सुरेश प्रधान लगायतका उद्यमीसँग भेटघाग गरी देशभर रहेका घरेलु उद्योगको विकास र संरक्षणबारे छलफल गरे ।

महासंघका प्रतिनिधिसँगको भेटमा मन्त्री थापाले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए । उनले उतपादित बसतुको गुणस्तरमा ध्यान दिन उद्योगीहरुलाई आग्रह समेत गरे ।

नेपाली उद्योगको विकासको संरक्षण गर्न मन्त्रालय तयार रहेकाले सहकार्य गर्न उनले आग्रह गरे । उनले भने, ‘सरकारले व्यापार गर्ने होइन, नीजि क्षेत्रले व्यापार गर्ने भएकाले सरकार निजी क्षेसँग मिलेर अधि बढ्न तयार छ ।’

धरेलु तथा साना उद्योग महासंघका श्यामप्रसाद गिरीको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले पछिल्ला समयमा नेपाली उद्योग धरासायी बन्दै गएकाले सरकारले सहयोग गर्नुपर्ने माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...