देव दर्शन सहकारीको साधारणसभा सम्पन्न

Dev sahakri

काठमाडौं । राजधानीको चन्द्रागिरीस्थित देव दर्शन बचत तथा ऋण सहकारी सस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सो सहकारी संस्थाको पछिल्लो आर्थिक वर्ष ०७३/७४ को शेयर पुँजी २ करोड ४९ करोड ६८ लाख २ सय छ । सो सहकारी संस्थाले ४५ करोड ६६ लाख ८५ हजार ९ सय ४१ रुपैंयाँ बचत गरेको छ ।

४० करोड ३० लाख १६ हजार २ सय ७१ रुपैंयाँ ऋण र ५१ करोड ३० लाख ७३ हजार ८ सय १३ रुपैंयाँ कुल सम्पत्ति रहेको सहकारीले जनाएको छ । संस्थामा १८ सय ६४ जना शेयर सदस्य छन् ।

सो संस्थाको नवौं वार्षिक साधारण सभाको सहकारी तथा गरिबी निवारण मन्त्री अम्विका बस्नेतले उद्घाटन गरेकी थिइन् । सो अवसरमा उनले नयाँ सहकारी ऐन ल्याउने तयारी भइरहेको जानकारी दिइन् ।

सो कार्यक्रममा कार्यत्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय स्तरमा सञ्चालित सहकारीहरूले गरिबी निवारणमा महत्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष राम नारायण घिमिरेले संस्थाको मूल्य र मान्यताअनुसार समुदायमा आधारित बनाइरहेको जानकारी दिए ।

साधारण सभामा सम्मान
संस्थाले राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिहरूलाई सम्मानित गरेको छ । संस्थाले वरिष्ठ कलाकार नीर शाह, हाँस्य कलाकार दिपकराज गिरी, एआईजी जयबहादुर चन्द, पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेश बुढाथोकी, राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेललाई समान गरेको छ ।

त्यसैगरी देव दर्शन वचत तथा ऋण सहकारी सस्थाको वाषिर्कोत्सवको अवसर पारी उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारी र एसईईमा सर्वोकृष्ठ अकं ल्याउने साकुरा घिमिरे र संगुन केसीलाई नगद पाँच हजारसहित समान गरियो । संस्थाले ८ जनालाई थाईल्यान टुरसमेत पारेको छ ।

प्रतिकृया दिनुहोस