पूर्व मुख्य प्रशिक्षक गुरुङ राष्ट्रिय तेक्वान्दोमा

Taegantu 28

काठमााडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो पूर्व मुख्य प्रशिक्षक एवं हालका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङसहित ललितपुर/भक्तपुरका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएका छन् ।

काठमाडौंबाट १२ तथा ललितपुरबाट ११ गरी विभिन्न २३ डोजाङबाट १ हजार ३ सयको संख्यामा प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दोमा प्रवेश गरेको राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

संघका अध्यक्ष शिव कोइराला र एनआरएन कोरियाका पूर्व अध्यक्ष एवं तेक्वान्दोका इन्टरनेसनल मास्टर्स राजु क्षेत्रले उनीहरुलाई टीका र माला लगाएर स्वागत गरेका थिए ।

अध्यक्ष कोइरालाले गुरुङ जस्तो तेक्वान्दोका सिनियर गुरु राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नु संघका लागि गर्वको विषय भएको बताउदै गुरुङको प्रवेशले राष्ट्रिय तेक्वान्दो संघ अझ सशक्त हुने धारणा व्यक्त गरे । महासचिव कार्कीले राष्ट्रिय तेक्वान्दोमा प्रवेश गर्नेलाई अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...