के के काम गरे ५९२ जना संसद्ले ?

जसको म्याद आज राती १२ बजेसम्म मात्र हो

Sansad vawan

काठमाडौं । संक्रमणकालीन व्यवस्थाको धारा २९६ (१)को प्रतिबन्धात्मक वाक्यांशले प्रतिनिधिसभाको मनोनयनपत्र दाखिला गरेको अघिल्लो दिन नै कार्यकाल समाप्त हुने व्यवस्था छ । सो व्यवस्था अनुसार आज राती १२ बजेपछि ५९२ जना सांसदको समयावधी सकिँदैछ ।

यो अबधीमा ५९२ जना सांसद्हरुले के के काम गरे भन्ने सायद धेरैलाई हेक्का नहुन पनि सक्छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाको कार्यकाल समाप्त भएर व्यवस्थापिका संसद्मा रुपान्तरित भएपछि कतिपय सांसद आलोचनाका पात्र बने भने कतिपय सांसद जस्ता मात्रै भए, जसले सिन्कोसम्म भाँचेनन् ।

यही रुपान्तरित संसदले ३ जनालाई प्रधानमन्त्री बनायो । जसमा नयाँ संविधान जारी भएपछि केपी शर्मा ओली प्रधानमन्त्री बने भने त्यसपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई यही संसददे प्रधानमन्त्रीमा चयन गरेको थियो । रूपान्तरित संसद्ले एकपटक संविधान संशोधन गर्न भ्यायो भने पछिल्लोपटक संविधान संशोधन विधेयक असफल पनि बनायो ।

यो संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो । तर, निर्णयार्थ भने पेस भएन ।

त्यसैगरी सरकारले न्यायलयमाथि हस्तक्षेप गरेको आरोपका बीच तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारूढ दलहरूले दर्ता भयो । तर, राजनीतिक दलहरुको टक्रावका कारण यो फिर्ता भयो । यो प्रस्ताव राजनीतिक तरंग ल्याउने एउटा प्रस्ताव थियो ।

के के पारित भयो ?
जस्तो भएपनि यो अवधीमा निक्कै महत्वपूर्ण निर्णयहरु पनि भएका छन् । रूपान्तरित संसद्ले १६४ वर्षको इतिहास बोकेको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी विधेयक पारित गरेको थियो ।

संसद्को चालू अधिवेशनले मात्र बिहीबारसम्म ४२ विधेयक पारित गरेको छ । राष्ट्रियसभा निर्वाचन विधेयक, भाषा आयोग गठन विधेयक, पूर्व विशिष्ट व्यक्तिको सेवा सुविधासम्बन्धी विधेयक, प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी विधेयक, यातनालाई कसुर घोषितसम्बन्धी विधेयक, अदालतको अपहेलना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका १३ विधेयक विचाराधीन छन् ।

संसद्को आयु समाप्त भए पनि अध्यादेशमार्फत यी विधेयक ल्याउने बाटो सरकारका लागि खुला छ । विचारधीन अवस्थामा संसद्को कार्यकाल सकिएमा विधेयक पुनः तर्जुमा गरी ल्याउनुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...