औलोको उच्च जोखिममा रहेका कञ्चनपुरमा कीटनाशक झुल निःशुल्क वितरण  

Supanet jhul

 

कञ्चनपुर । औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका ८ वटा स्थानीय तहका ३८ वडाका बासिन्दालाई ९६ हजार ७७१ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो ।

औलोको संक्रमण बढी देखिएका स्थानीय तहका छनोटमा परेका वडामा निःशुल्क झुल वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक रवीन्द्र यादवले बताए ।

‘८ स्थानीय तहका ३८ वडाका बासिन्दालाई औलोको जोखिमबाट जोगाउनका लागि दुईजनालाई एकका दरले झुल वितरण गरेका छौँ’ ।

नेपाल औलो रणनीति सन् २०१४/२०२५ ले लिएको उद्देश्यअनुरुप सन् २०१६ मा गरिएको सूक्ष्म वडास्तरीयकरणले उच्च तथा मध्यम जोखिममा देखिएका बासिन्दालाई झुल वितरण गरिएको हो ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाका ५ वडामा १५ हजार ५३६, लालझाडी गाउँपालिकाका ३ वडामा २ हजार १४५, बेदकोट नगरपालिकाका ३ वडामा ८ हजार २४९ र बेलौरी नगरपालिकाका ८ वडामा २२ हजार ८९५ कीटनाशक झुल निःशुल्क वितरण गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...