बसको ठक्करबाट मृत्यु

उर्लाबारी । मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

शनिवार विहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नंको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...