टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट

Ntc 27

काठमाडौं । नेपाल टेलिकमले नयाँ सोधपुछ र ग्राहक सेवा केन्द्र शुरु गरेको छ । टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए पनि ग्राहकसँग निरन्तर नजिक भइरहन केन्द्रले थप सहयोग पु¥याउने उदेश्यले यो सेवा सुरु गरेको हो ।

१९७ नं. मार्फत हुने सोधपुछ सेवा शुक्रबारदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नंमा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् ।

हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा र गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन् ।

उक्त केन्द्रको आज सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने बताए ।

प्रतिकृया दिनुहोस