हङकङसँग हार्‍यो नेपाल, डिभिजन टू मा घटुवा नजिक

Nepal vs hongkong

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारणमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ ।

आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ ।

अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् ।

नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका छन् भने क्यानडा र ओमान डिभिजन ३ बाट टूमा उक्लिएका छन् । बाँकी दुई टोली टुंगिन बाँकी छ ।

ब्याटिङ फेरि फ्लप

हङकङमा पहिलो पटक खेलिरहेको नेपाली टोलीको ब्याटिङ फेरि एक पटक असफल रहृयो । उसो त शरद भेषावकर ज्वरोका कारण दुबै खेल नखेल्ने भएपछि नै नेपाली टोलीको ब्याटिङ लाइनअप समस्या परेको अनुमान गरिएको थियो ।

नेपालले टोलीमा अतिरिक्त व्याट्सम्यान टोलीमा थिएनन् । तर, शरदमा रहेका शरदले खेल्न नसक्ने भएपछि उनको रिप्लेसमेन्ट नै भएन ।

उनको ठाउँमा नरेशलाई बोलाएपनि उनी ओपनर थिए, जहाँ ज्ञानेन्द्र मल्ल र सागरले खेल्ने तय भइसकेको थियो । त्यसैले आरिफ शेखले मौका पाए तर, उनले मात्र होइन, अन्य ब्याट्सम्यानले पनि ठूलो साझेदारी नै गर्न सकेनन् ।

नेपालले ओपनर सागर पुनलाई पाचौं ओभरमा ४.५ ओभरमा व्यक्तिगत ३ रनको स्कोरमा गुमायो । अर्का ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्काको जोडीले दोेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेपनि त्यो पर्याप्त थिएन । मल्ल २१ रनको व्यक्तिगत स्कोरमा अइजाज खानको बलमा आउट भए ।

दिपेन्द्र सिंह ऐरीले १३ बलमा ३ रनमात्र बनाउन सके । त्यतिबेलासम्म नेपालले १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ५६ रनमात्र जोडेको थियो ।

१९औं ओभरमा कप्तान पारस खड्का पनि २६ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल निकै दबाबमा आयो । छैटौं नम्बरमा विनोद भण्डारीको साटो सोमपाल कामीलाई पठाइयो । तर, यो निर्णय पनि सही सावित हुन सकेन ।

सोमपाल पाँचौं विकेटको रुपमा व्यक्तिगत ११ रनको स्कोरमा आउट हुँदा नेपालले ९१ रन बनाएको थियो । बाँकी २० रन जोड्दा नेपाल अलआउट भयो ।

आरिफ शेखले २३ रन जोडे भने बिनोद भण्डारीले १८ रन जोड्दा बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछानेले खाता खोल्नै सकेनन् । सुशान भारी १ रनमा अविजित रहे ।

घातक बलिङ गरेका हङकङका इशान खानले ५.५ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिएर ५ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...