विश्व क्रिकेट लिग नेपालसामु जीतका लागि १ सय ९५ रनको लक्ष्य

Cricket nepal

काठमाडौँ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङले नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।

नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो देखाए ।

त्यसपछि १० औँ ओभरमा बबर हायात आउट भएपछि हङकङ दबाबमा परेको थियो ।

ओपनर जेम्स जोन एटकिन्सनले एक तर्फबाट पारी सम्हाले पनि अर्को तर्फ निरन्तर रुपमा विकेट खस्दै गयो ।

मध्य क्रमलाई ध्वस्त बनाउने क्रममा सन्दीप लामिछानेले १० ओभरमा १ मेडेन राख्दै ४८ रन खर्चेर ३ विकेट लिए भने बसन्त रेग्मीले १० ओभरमा २ मेडेनसहित ३३ रन खर्चेर २ विकेट लिए ।

सुसनले ७६ रन बनाएका एटकिन्सनलाई आउट गरेपछि ४०.४ ओभरमा हङकङ ८ विकेट गुमाएर १४४ रनको स्थितिमा रहेको थियो ।

तर, अन्त्यतिर तन्विर अफजाल र इसान नवाज मिलेर हङकङको पारी सम्हाले । करन केसीको बलमा क्याच आउट हुन अघि अफजालले ३ छक्का र ३ चौकासहित आक्रमक ३८ रन बनाए ।
केसीले २ विकेट लिए ।

हङकङले ४९.५ ओभरमा अलाउट हुँदै १९४ रन बनायो । विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।

हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना १० खेलमध्ये ४ मा जीत तथा ६ मा हार बेहोरेको छ । हङकङ भने ११ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस