रामेछापको गेलुमा स्वास्थ्य शिविर, ५ सय सर्वसाधारणद्धारा स्वास्थ्य परिक्षण

G1

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलुमा स्थानीय एक सामाजिक संस्थाले स्वास्थ्य शिविर राखेको छ ।

कालिन्चोक फाउण्डेशन नेपालले संचालन गरेको स्वास्थ्य शिविरमा गेलु, फुलासी, चनखु लगाएतका ठाउँबाट आएका ५ सय सर्वसाधारणले स्वास्थ्य सुविधा लिएका छन् ।

पशुपति आधारभुत विद्यालय भुलभुलेमा संचालन भएको स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आखाँ, दात र स्त्रीरोग सम्बन्धी परिक्षण गरि औषधि समेत बितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा तामाकोशी सहकारी अस्पताल मन्थली, विपि स्मृति अस्पताल काठमाडौँ, मार्क फर्मुलेशन प्रा.लि काठमाडौँ, वाइएसपि नेपाल रामेछाप र लाइन्स क्लब काठमाडौँमा लगाएतका सामाजिक संस्थाहरुले शिविरमा सहयोग गरेको कालिन्चोक फाउण्डेशनका अध्यक्ष दिनेशकुमार खड्काले जानकारी दिए ।

शिविरमा विपि स्मृति अस्पताल काठमाडौँका डा.रजनी बानिया, डा .कृति अधिकारी सुवेदी ,तामाकोशी सहकारी अस्पताल रामेछापका डा. सुमन कर्माचार्य, विरेन्द्र सैनिक अस्पताल छाउनीका स्त्रीरोग विषेसज्ञ डा. कोपिला राई, जर्मन दन्त विज्ञ जोन एडर्सनले स्वास्थ्य परिक्षण गरेका थिए । तामाकोसी खबर बाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...