मंसिर १० को निर्वाचन सर्न सक्छ : कानूनमन्त्री

Kanun mantri thapa

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहितका दलहरुले सरकारले निर्वाचन सार्न खोजेको आरोप लगाइरहँदा सरकारका एक मन्त्रीले १० मंसिरमा हुने निर्वाचन सर्नसक्ने संकेत गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन सर्नसक्ने संकेत गरेका हुन् । मन्त्री थापाले १० गते हुने निर्वाचनको मिति तलमाथि हुने तर, मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्न सक्ने जनाएका हुन् ।

केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भइरहेको बताउँदै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने, ‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन । निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...