अध्यक्ष गौचनको हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन

Gauchan htya pardasan

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कानुनी दायरामा ल्याउन माग गर्दै विरोध प्रदर्शन निकालेको छ ।

अध्यक्ष गौचनको सोमबार दिउँसो ३ बजेतिर काठमाडौँ नयाँबानेश्वरको खरिबोट प्रयागमार्गमा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । महासंघमा आवद्ध पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा गौचनका आफन्तजनले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

¥यालीमा सहभागीहरुले गौचनलाई शहिद घोषणा गर्नुपर्ने, हत्यारालाई तत्काल खोजी गरी कारबाही गर्नुपर्ने तथा निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिनुपर्नेलगायतका माग राखेका छन् ।

महासंघले यसअघि गौचनको हत्यारालाई तत्काल खोजी कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरुसँग भेट गरिसकेका छन् ।

महासंघका महासचिव रामशरण देउजाले अध्यक्षको हत्यासँगै नाम नखुल्ने नम्बरबाट अन्य व्यवसायीलाई समेत फोन आउन थालेको भन्दै व्यवसायीको सुरक्षाका लागि सरकारसँग आग्रह समेत गरेका छन् । अध्यक्ष गौचनको हत्यारालाई पक्राउ नगरेसम्म शव नबुझ्ने महासंघ तथा उनका परिवारले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...