आगलागीबाट ३ लाखको क्षति

Fire aagolagi

विराटनगर । मोरङ र सुनसरीमा सोमबार साँझ आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।

मोरङको सुन्दरहरैंचा–९ पीपलचौर बस्ने रुद्र कार्कीको ग्वालीमा आगलागी हुँदा ग्वालीमा रहेका सम्पूर्ण सामान जली १ लाख ५० हजार बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यस्तै सुनसरीको इनरुवा ७ बस्ने हेमराज ढुंगानाको गाईगोठमा विद्युत् चुहिई आगलागी हुँदा १ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...