को-को पक्राउ परे गौचनलाई गोली हान्ने ब्यक्ति ?

किन झुट कुरा बोल्दैछन् गृहमन्त्री शर्मा ?

Gauchan car

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नको यकिन नभइरहेका बेला गृहमन्त्रीले भने सो हत्या काण्डमा संलग्नलाई पक्राउ गरिसकेको दावी गरेका छन् ।

गृहमन्त्री जनार्दन शर्माले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यालगत्तै तीन जनालाई पेस्तोलसहित पक्राउ गरिएको दावी गरेका छन् ।

प्रहरीले भने मोटर साइकलमा आएका दुई जनामध्ये १ जनाले गोली हानेको बताएको थियो । तर, गृहमन्त्री जनार्दन शर्माले भने गौचन हत्यामा संलग्न ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको दावी गरेका छन् । शंकास्पद तीनजना पेस्तोलसहित पक्राउ परिसकेको भन्दै मन्त्री शर्माले हत्यामा संलग्न व्यक्तिलाई छिट्टै सार्वजनिक गरिने बताए ।

मनोज पुनले लिए जिम्मा
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले गौचनमाथि गोली प्रहार गर्न कारागारमा रहेका गुन्डा नाइके रमेश बाहुन भन्ने सुजन पौडेल समूहको संलग्नता हुन सक्ने आशंका गरिरहेका बेला एक अर्का गुण्डा नाइकेले आफ्नो समुहले गौचनको हत्या गरेको दावी गरेका छन् ।

यसअघि एआइजी चन्दले प्रहरीले शंका गरेका रमेश बाहुन उर्फ सुजन पौडेल भने कारागारमै छन् । प्रहरीले ठेक्कापट्टामा अवैध असुली गर्दै आएको बाहुन समूहले तीनदिन अघि मात्रै गौचनमाथि हातपात गरेको दावी गरेका थिए ।

तर, गौचनको हत्याको जिम्मा गुण्डा नाइके’ मनोज पुन मगर समूहले लिएका छन् । गौचनको हत्या गरेको सोमबार अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौँ प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरूले गोली हानेको दाबी गरेको हो ।

सो समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...