राजधानीमा अपराधका घटना बढ्दो, दशैँको समयमा ८२ मुद्दा दर्ता

काठमाडौँ । राजधानीमा अपराधको घटना बढ्दो क्रममा रहेको छ । दशैँको समयमा मात्र ८२ मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा बढ्दो आपराधिक क्रियाकलापमा संलग्न १ हजार ७ सय ९० जनालाई पक्राउसमेत गरेको छ ।

परिसरले दशैँ सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म चलाएको कारबाहीमा पक्राउ परेकामध्ये १ हजार ५ सय ८७ जनालाई अनुसन्धान पश्चात् छाडिएको र बाँकी नियन्त्रणमा रहेका २०३ जनाबिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको परिसरका प्रहरी उपरीक्षक एवं प्रवक्ता रामदत्त जोशीले जनाजानकारी दिए ।

प्रहरीले गत वर्षको दशैँ अवधिभर ४ सय १७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये ३ सय २९ जना बिरुद्ध मुद्दा दर्ता भएको प्रवक्ता जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...