रेल कुदाउने पूर्वाधार नबन्दै डिब्बा खरीद गर्न तीन अर्ब बजेट माग

Rail(2)


काठमाडौं। पूर्वाधार नै नबनेका कारण अर्थमन्त्रालयले पनि डिब्बाा खरीदका लागि बजेट छुट्याएको छैन। विभागले भने पूर्वाधार निर्माणको काम धमाधम भइरहेकाले डिब्बाको बन्दोबस्त गर्न बजेट माग गरेको जनाएको छ।तर अर्थमन्त्रालयले भने तयारी विनानै बजेट बनिसकेपछि डिब्बाका लागि रकम माग भएको जनाएको छ।

अर्थले दुर्इ महिना अघि बजेट कार्यान्वयन सम्वन्धि बैठकमा अर्थसचिव डा।शान्तराज सुवेदीले भनेका थिए(बजेट बनेपछि डिब्बाका लागि तीन अर्ब माग भएको छ।रेलको लिकनै बनेको छैन। किन चाहियो तीन अर्ब रुपैयाँरुउनले रेलको डिब्बा लागि अर्थले पैसा नदिएको भन्दै अपगालका लागि बजेट आएपछि रकम मागिएको आक्रोश पनि पोखेका थिए।मन्त्रालयले भने पूर्वाधार नै तयार नभइ बजेट माग्नुले सन्देहु उत्पन्न भएको जनाएको छ।

अर्थका अधिकारीहरुका अनुसार, पूर्वाधार नबनाइ डिब्बा ल्याउँदा त्यसको प्रयोजन नहुने र त्यो विस्तारै बिग्रिएर काम नलाग्ने हुन्छ। पूर्वाधार निर्माण हुँदासम्म पहिले ल्याएको डिब्बा बिग्रिएको भन्दै अर्को डिब्बा ल्याएर दोहोरो खर्च गराउने खेल हुनसक्ने उनीहरुको तर्क छ।

'नत्र भने पूर्वाधार बिनाको डब्बा केका लागिरुु ती अधिकारीको तर्क छ, पटक पटक खरीद गरेर आर्थिक चलखेल गर्ने वाहेक अर्को उद्देश्य देखिँदैन।' यता तालुकदार मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलार्इ समेत रेलको डिब्बा खरीदका बारेमा कुनै जानकारी छैन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रराज शर्माले रेल विभागले बजेट बारे औपचारिक जानकारी नआएको बताएका छन्।

पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा विभागले अर्थ मन्त्रालयसँग बजेटको माग गर्नु पर्छ। चालु आर्थिक बर्षको बजेट बनाउँदा विभागबाट बजेटका लागि कुनै पनि प्रस्ताव नआएका कारण बजेट विनियोजन नगरिएको जनाएको छ।

'औपचारिक प्रस्ताव हामीले गर्ने हो। हामीलाई नै रेलको डिब्बा खरीद गर्नका लागि आवश्यक बजेटको ब्यवस्थापनाका लागि भनिएको छैन यातायात मन्त्रालयका प्रवक्ता शर्माले भने, ' खै किन अर्थसँग पैसा मागियो थाहा छैन।

तर रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले रेलको डिब्बा खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिएको जानकारी दिँदै सबै पक्षको सहयोग भएमा नेपालमा रेल सेवा छिट्टै सञ्चालन हुने दावी गरे।

बर्दिबास-जनकपुर-जयनगर खण्डमा सिभिल इन्जिनियरिङको सबैजसो काम सकिएको रेल विभागले जनाएको छ। विभागका प्रवक्ता उपाध्यायले पुल,कल्भर्ट बनिसकेको र त्यहाँ माटो हालेर पुर्ने काम भइरहेको जानकारी दिए। उनले अहिले लिक बनाउने काम धमाधम भइरहेकाले फागुनसम्म रेल गुड्नका लागि पूर्वाधार तयार हुने दावीसमेत गरे।

बर्दिबास–जनकपुर–जयनगर खण्डमा भारतीय कम्पनी इरकोनले निर्माण कार्य गरिरहेको छ। पहिले रेल सञ्चालित जयनगर-जनकपुर रेल मार्गको लिक “न्यारो गेज” भएकाले त्यसलार्इ हटाएर नयाँ बनाउने काम भइरहेको रेल विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस