अस्पतालमा डाक्टर नभएपछि बिरामी मर्कामा

Tu15hos

काठमाण्डौ । बडादशै हिन्दुहरुको महान पर्व हो । त्यसैले यतिबेला मानिसहरु दशै मनाउन आफ्नो गाउँघर जाने, साथीभाई भेट्ने,आफन्तहरुलाई भेटघाट गर्नेै गर्छन् । आफन्तहरुसंग भेटघाट गर्ने , खुसियाली मनाउने यो महत्वपुर्ण अवसर हो । त्यसैले पनि बडा दशैंको छुट्टै महत्व छ ।

तर कहिलेकाहीं जिवन सोचेजस्तै हुँदैन, मानिसको जिवनमा कति बेला के हुन्छ थाहा हुँदैन । मानिसको जिवनमा एकातिर खुसिका पलहरु आउँछन अर्कातिर दुःखका पलहरु आउँछन् । कतिपय यस्ता संवेदनशिल ठाउँहरु छन् , जो मानिसलाई जतिबेला पनि चाहिन सक्छन्। यी मध्ये सबैभन्दा पहिले अस्पताल नै हो ।

मानिस कतिबेला बिरामी पर्छन, कतिबेला कहाँ दुर्घटना हुन्छ थाहा हुँदैन । त्यसैले जतिबेला पनि अस्पताल जानुपर्ने हुन सक्छ । यस्ता संवेदनशिल ठाउँहरुमा सार्वजनिक सेवा बन्द राख्नु हुँदैन ।

यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण व्यक्तिले दसैंजस्ता महान् चाड मनाउँदा शान्ति सुरक्षालाई असर नपुग्ने र बिरामीलाई पनि असर नपुग्नेगरी चाडबाड मनाउनु पर्ने र विदामा बस्नु पर्ने प्रावधान नै रहेको छ ।

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान््चाड बडादसैं मनाउने गर्दै आएका छन् ।

अस्पतालमा डाक्टर नहुँदा बिरामी समस्यामा पर्ने गरेका समाचार हामी प्राय पढ्ने, सुन्ने गरेकै हुन्छौँ । यसपालिको दशैमा यस्तै भएको छ उदयपुरमा पनि ।

उदयपुरको सदरमुकाम बोक्सेमा रहेको जिल्ला अस्पतालका अधिकांश डाक्टर दसैं आउन एक हप्ता अगाडि नै घरतिर हिडेपछि अहिले जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि आउने बिरामी भने मारमा पर्न थालेको सेवाग्राही तथा स्थानीय जनताको गुनासो बढ्दै जान थालेको छ ।

अस्पतालका प्रमुख डा महेश खनालसहित प्रसूति विशेषज्ञ डा फडिन्द्र बडाल र अर्का डा अमिताभ ठाकुरसहितका डाक्टर दसैं आउन अगाडि नै घरतिर लागेपछि अहिले अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले डाक्टरको अभावमा उपचारको लागि दसौं हजार खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता आएको स्थानीय मोहन बस्नेतले बताए ।

बस्नेतका अनुसार आफुले छिमेकी आफन्तलाई दसैंको समयमा प्रसूतिको उपचार गराउन अस्पताल लगेपछि अस्पतालमा कोही पनि डाक्टर नभएको र अहिले दसैं अवधिभरको लागि प्रसूति सेवा नै बन्द भएको अस्पतालका एक सहायक कर्मचारी बताउछन् ।

यस्तै त्रियुगा नगरपालिका–१५ साउनेका अम्बर बहादुर मगरले आफुले दसैंको अष्टमीमा घरको एक बिरामी प्रसूति गराउन जिल्ला अस्पताल ल्याएको तर अस्पतालमा डाक्टर नभएको कारण अन्यत्र लानु भनेपछि सिरहाको लाहानस्थित निजी अस्पतालमा लगेको गुनासो गरेका छन् ।

यस्तै अन्य रोगका बिरामी पनि अस्पतालमा डाक्टर नभएपछि उपचारको लागि महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उपचारका लागि आउने बिरामीका आफन्त बताउँछन् ।

राजधानी बाहिर मात्र हैन राजधानीमै पनि दशैको बेला अस्पतालमा डाक्टर नहुँदा संवेदनशिल बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।

दशैका बेलामा आफ्नो घर नगई कैलाली घर भई हाल काठमाण्डौ मेडिकल कलेज अगाडी मेडिकलमा कार्यरत काठमाण्डौमै रहेका तिलजन तामा्रकारले दशैको बेलामा समेत कयौं बिरामी, डाक्टरहरु अस्पतालमा नभेट्दा फिर्ता जाने गरेका बताए ।

काठमाण्डौ ज्ञानेश्वर बस्ने दिपा विश्वकर्माले भनिन् ,“मलाई तीनदिनदेखी लगातार तल्लो पेट दुखिरहेको छ । प्रसुती रोग विशेषज्ञलाई देखाउनु पर्ने थियो ।“

उनले अस्पतालमा फोन गर्दा अस्पतालका कर्मचारीले केहिगरी फोन नै नउठाउने, फोन उठाएपनि अस्पतालमा डाक्टरहरु नभएको जवाफ दिने गरेको बताइन् ।

काठमाण्डौ मेडिकल कलेजमा सोमबारबाट मात्रै डाक्टरहरु काममा फर्किने अस्पताल प्रशासनले जनाएको छ । प्रशासनले आकस्मिक वार्डमा सामान्य उपचारका लागि अस्पताल खुल्ला रहेपनि दशैमा विशेषज्ञ चिकित्सकहरु उपलब्ध नभएका जनाएको छ ।

दशैको विदाका कारणले मात्रै नभई चिकित्सक संघको आन्दोलनबाट समेत प्रभावित हुँदा विभिन्न सरकारी अस्पतालमा समेत अस्पतालले दिने सेवा प्रभावित भएको थियो । शुक्रबारदेखी सरकार र संघबीच समझदारी भएछि डाक्टर हरु आन्दोलन फिर्ता लिई नियमित काममा फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...