यो देशमा सरकार छ कि छैन ? : डा. श्रेष्ठ

ऐन संशोधन र चिकित्सकको सुरक्षाको प्रत्याभुति नगरेसम्म आन्दोलन रोकिँदैन

Mukti shrestha

काठमाडौं । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ति श्रेष्ठले सरकारले स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति कुनै गम्भिरता नदेखाएको गुनासो गरेका छन् ।

उनले स्वास्थ्यकर्मीको मागलाई तत्काल पूरा गर्न सकिने भएपनि सरकारले त्यसलाई वेवास्ता गरेको आरोप पनि लगाएका छन् । उनले भने, ‘हामीले धेरै ठूलो माग रोखकै छैनौं, दुई वटा कुराहरुमा सरकारको प्रतिबद्धता आए हामी आन्दोलन एक सेकेण्डमै स्थगित गर्छौ । तर सरकारले लिखित प्रतिवद्धता समेत जनाउन मानेको छैन ।’

उनले सरकारले ल्याउन लागेको विद्येयक तत्काल संशोधन गर्ने प्रतिबद्धता आए आफूहरु एक सेकेण्ड पनि आन्दोलनमा नबस्ने स्पष्ट पारे । उनले भने, ‘तर मन्त्री नै मागप्रति सकारात्मक नभएपछि हामी आन्दोलन गरिरहन बाध्य भएको छौं ।’

मंगलबार साँझ रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यो देशमा सरकार छ कि छैन, हामीलाई त आश्चर्य लागेको छ, एउटा सानो निर्णय गर्न पनि प्रधानमन्त्री कुनुपर्ने अरे ? यो लज्जास्पद कुरा भयो नि ।’ उनले भने, ‘प्रधानमन्त्री नभएको बेला लाईन मिनिस्टरको नाताले स्वास्थ्यमन्त्रीले यो काम गर्नुपर्ने हो नि, तर उहाँले केही गर्नुभएन, गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने काम गर्नुभएको छ ।’

उनले सरकार स्वास्थ्य क्षेत्रप्रति गम्भिर नबनेको समेत आरोप लगाए । उनले भने, ‘०४८ सालदेखि अहिलेसम्म त्यही जनशक्ति छ, यतातिर ध्यान दिनुपर्दैन, त्यही जनशक्तिले उपचार भइरहेको छ ।’

उनले राज्यले चिकित्सकको सुरक्षाको प्रत्याभुति र ऐन संशोधन नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् । श्रेष्ठले सरकारको तर्फबाट स्वास्थ्यसचिवले लिखित प्रतिबद्धता वा सार्वजनिक रुपमा प्रतिबद्धता जनाएपनि आफूहरु आन्दोलन स्थगन गर्न तयार रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...