नेतापिच्छे फरक कुरा : नेपाल रोज्ने दाहाल, दाहाल रोज्ने देउवा

Prachanda madhab

काठमाडौं । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नङ र मासुकै सम्बन्ध छ । त्यही भएर स्थानीय तहको निर्वाचनमा पनि कतिपय ठाउँमा सँगै मिलेर चुनाव लडे ।

यतिसम्मकी चितवनमा कांग्रेसकै त्यागका कारण प्रचण्डपुत्री रेणु दाहाल मेयर बन्न सफल पनि भइन् । यी दुई पार्टी बीचको यो सम्बन्धलाई नेकपा एमालेले अपवित्र गठबन्धन भन्ने गरेको छ ।

तर त्यही अपवित्र गठबन्धनलाई नतोडेसम्म केही नहुने मनस्थितीमा पुगेको छ । त्यही भएर एमालेका बरिष्ठ एमाले नेता माधवकुमार नेपालले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्ने दावी गरेका छन् ।

नेताका कुरा पत्याउन गाह्रो छ । अहिले एउटासँग एउटा कुरा गर्ने र एकैछिन अर्काेसँग अर्काे कुरा गर्न माहिर नेताहरुले अहिले नै चुनावी तालमेल गरिहाल्ने अवस्था त देखिन्न ।

तर, मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता नेपालले दुईथरी कुरा बोलको छन् । त्यो पनि भरतपुरमै । एमाले माओवादीसँग तालमेल गर्ने पक्षमा पुग्दा माओवादी चाँही किन कांग्रेस नै पहिलो रोजाईमा परेको छ ?

एमाले तयार : नेपाल
आगामी निर्वाचनमा माओवादीसँग तालमेल गर्न एमाले तयार छ । तालमेलका लागि माओवादी तयार भए एमालेपछि नहट्ने छैन । अब एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव नभएकोले वाम तालमेल हुनुपर्छ । त्यसका लागि पनि एमाले माओवादीसँग चुनावी तालमेल गर्न तयार भएको हो ।

कांग्रेससँग कुरा हुँदैछ : प्रचण्ड
चुनावी तालमेलबारे कांग्रेस र एमालेसँग कुराकानी भइरहेको छ । स्थानीय निर्वाचन हेर्दा पनि तालमेल गर्नुपर्ने अवस्था देखिएको छ । तालमेलका लागि पहिले त नेपाली कांग्रेससँगै जोड हुनेछ । सँगै एमालेसँग छलफल चलिरहेको छ । अबको परिस्थितीमा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुसँग तालमेल हुनसक्छ ।

विश्वास गर्ने आधार अस्पष्ट
यो हो मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग प्रचण्ड र नेपालले गरेको कुराकानीको सारंश । यसलाई हेर्दा पनि माओवादीले प्रदेश र संसदको निर्वाचनमा कांग्रेसलाई पहिलो रोजाईमा पार्ने देखिएको छ ।

यता जसरी पनि कांग्रेस–माओवादी गठबनधन भत्काउने पक्षमा छ एमाले । अहिले कुनै पनि पार्टीको बहुमत नआउने निश्चित छ । त्यही भएर पनि नेताहरु अहिलेदेखि नै चुनावी तालमेलमा जानुपर्ने पक्षमा देखिएका छन् ।

केही समयदेखि कांग्रेस र माओवादी बीचको तालमेल फलिफावपूर्ण छ । संसदीय गणितमा माओवादी तेस्रो स्थानमा छ । एमाले दोस्रो र नेपाली कांग्रेस पहिलो । तर, यी तिनै पार्टीले एकल ढंगले सरकार चलाउन सक्दैनन् ।

पछिल्लो समयमा एमाले र कांग्रेसमध्ये जो सरकारका गएपनि माओवादीलाई काखी च्याप्नै पर्ने बाध्यता छ । र यी दुई ठूला दल मिलेर सरकार बनाउने सम्भावना ज्यादै न्युन छ । अबको प्रदेशको निर्वाचन र संसदीय निर्वाचनमा पनि सरदर अहिलेकै अवस्था आउन सक्छ । यो अवस्थामा पनि आफ्नो नेतृत्वमा सरकार बनाउन पनि कांग्रेस, एमाले र माओवादीले कुनै न कुनै दलसँग तालमेल गर्नैपर्ने छ । तर, कसले कोसँग गर्ने भन्ने स्प्रष्ट हुन नसक्दा अन्योल भने कायमै छ ।

प्रतिकृया दिनुहोस